क्यानको साधारणसभा सुर्खेतमा सुरु

सुर्खेत,१४  फागुन  ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को वार्षिक साधारणसभा आइतबारदेखि सुर्खेतमा सुरु भएको छ । पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यानको साधारणसभा आयोजना गरिएको हो । दुई दिने साधारणसभाको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका छन  ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री शर्माले खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले आगामी योजना निर्माणका क्रममा खेलकुद र क्रिकेट क्षेत्रका लागि प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे  ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ । यसको पूर्वतयारीका लागि आवश्यक कामकारबाही गरिरहेको मुख्यमन्त्री शर्माले जानकारी दिए ।

राजनीतिक नेतृत्व परिवर्तनका कारण विकासमा प्रभाव परिरहेको उनको जिकिर थियो । ‘‘शासन व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएको छैन । प्रदेश सरकार त्यसतर्फ उद्धृत भएर काम गरिरहेको छ,’’उनले भने ।

उद्घाटन सत्रमा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कर्णालीमा खेल क्षेत्रको पूर्वाधार विकासका लागि दबाब सिर्जना गर्न समेत सुर्खेतमा साधारणसभा राखिएको बताए  ।

कर्णालीको सुर्खेतमा क्रिकेटको ठूलै रङ्गशाला नभएपनि मैदानमात्रै भएपनि निर्माण गरिदिन मुख्यमन्त्री समक्ष माग प्रस्तुत गरे  । उनले आगामी प्रत्येक वर्ष कर्णालीमा क्रिकेट सम्बन्धी राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाए  ।

क्रिकेट खेलमा कर्णाली अझैपनि पछाडि परेको महसुस गर्दै यो साधारण सभाले कर्णालीमा क्रिकेट विकासका लागि पहल गर्न ध्यानकेन्द्रीत गराएको उद्योग वाणिज्य सङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले बताए ।

कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले दसौँ खेलकुद प्रतियोगिताको तयारी भइरहेको जानकारी दिए  । त्यसका लागि एक अर्ब ३४ करोड रुपियाँ खर्च अनुमान गरिएको बताए  । प्रतियोगिताको आयोजनासँगै कर्णालीलाई पदक प्राप्त गर्नका लागि खेलाडी तयारी गर्ने कार्ययोजना रहेको जानकारी दिए  ।

सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले खेलकुद क्षेत्रको विकासका लागि अभियान बनाएर जागरूक हुन आग्रह गरे । उनले त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गरिदिन सरकारसँग माग गरे ।

साधारणसभामा सात प्रदेश, ४५ जिल्लाका गरी करिब एक सय जना प्रतिनिधिको सहभागिता रहेको क्यान कर्णाली प्रदेश संयोजक पदम खड्काले जानकारी दिए  । उनका अनुसार क्यानमा कर्णालीका चार जिल्ला समावेश छन् । साधारण सभाको बन्दसत्र मार्फत वार्षिक कार्ययोजना प्रस्तुत, नीति निर्माण र समीक्षा गरी आगामी कदमका बारेमा निर्णय लिइने अध्यक्ष चन्दले जानकारी दिए  ।

गाेरखापत्र 

क्यानको साधारणसभा सुर्खेतमा सुरु

कर्णालीको प्रदेशसभा बैठक अनिश्चित

क्यानको साधारणसभा सुर्खेतमा सुरु

हवाई मार्गबाट ढुवानी गरी बिरुवा वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!