सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि

सुर्खेत,१२ माघ  ।

सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो।

अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।

छिमेकी जिल्ला बाँकेमा दादुराको संक्रमण तीव्र भइरहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपनाउन उनले सुझाव दिए। दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ।

दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ। नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो।

सेताेपाटी 

सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा–आराधना

सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि

आसिफले जिते आइसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!