कर्णालीमा माओवादीले मन्त्री टुंग्यायो, जिसी र शर्मा मन्त्री बन्दै

सुर्खेत,११ माघ ।

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना दुई मन्त्रीको नाम टुंगो लगाएको छ । प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको माओवादीले सुर्खेतका कृष्णबहादुर जिसी र सल्यानका भीमप्रकाश शर्मालाई मन्त्री बनाउने भएको हो ।

जिसीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, शर्मालाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत र शाहीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाउने निर्णय गरिएको माओवादीका विना विभागीय मन्त्री मंगलबहादुर शाहीले जानकारी दिए ।

 पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले पुस २८ गते माओवादी केन्द्रका शाही र एमालेका विनोदकुमार शाहलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शर्माले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीहरुको शपथ आजै साँझ ठिक ६ बजे हुने भएको छ ।

कर्णालीमा माओवादीले मन्त्री टुंग्यायो, जिसी र शर्मा मन्त्री बन्दै

राजधानीकै विद्यालय, वरण्डामा विद्यार्थी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!