२७ वटा गाडीलाई कारबाही

काठमाडौं,८  माघ ।

वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायु प्रदूषण गराउने २७ वटा सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौंको बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वारा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई जरिवानासहित कारबाही गरिएको विभागका महानिर्देशक वनराज घिमिरेले जानकारी दिए।

उनका अनुसार कारबाहीमा परेका गाडीमा भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई छन्। वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा सवारीसाधन जाँच गर्दा २७ सवारीसाधन कारबाहीमा परेका हुन्।

गाडी मर्मतपछि तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाइएको छ। मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था जाँच गरी चुस्तदुरूस्त अवस्थामा राख्न चालकलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले अनुरोध गरे।

रासस 

२७ वटा गाडीलाई कारबाही

बालकोट पुगेका उपेन्द्रलाई ओलीले भने– सरकारमा सहभागी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!