कम्बोडियामा मृत्यु भएका निराकरको २४औं दिनमा अन्त्येष्टि

झापा,७ माघ ।

कम्बोडियामा भीषण आगलागी घटनामा परी ज्यान गुमाएका झापा बिर्तामोड–१ निवासी निराकार पाण्डेको शनिबार अन्त्येष्टि गरिएको छ। पाण्डे परिवारजनले मृत्यु भएको २४औं दिनमा निराकरको कनकाई माई नदी किनारमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरेको हो।

उनको पार्थिव शरीरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेलले पार्टीको झन्डा ओढाएर सम्मान गरेका थिए। गत पुस १४ गते राति कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटेल एन्ड क्यासिनोमा भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम फाल्दा उनको ज्यान गएको थियो।

हाम फाल्नुअघि उनले आफ्ना परिवारका सदस्यहरुसँग साढे ४ घण्टा लामो भिडियो कलमार्फत कुराकानी गरेका थिए। नेपाल सरकारको सहयोगमा उनको शव शुक्रबार राती ११ः२० बजे काठमाडौं आइपुगेको थियो। परिवारजनले शव बुझेर काठमाडौँबाट राति १२ः४० बजे झापाका लागि प्रस्थान गरेका थिए।

उनको शव शनिवार दिउँसो साढे १२ बजे घर ल्याइएको थियो। त्यसपछि घरबाट निकालिएको शवयात्रामा बिर्तामोडसहित जिल्लाका विभिन्न भागबाट आफन्त नातागोता, सामाजिक, राजनीतिक, शैक्षिक, व्यावसायिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। उनको मृत्युले बिर्तामोड शोकमा डुबेको छ।

अन्नपुर्ण 

कम्बोडियामा मृत्यु भएका निराकरको २४औं दिनमा अन्त्येष्टि

कर्णालीका खाद्यवस्तुको गुणस्तर कमजोर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!