पुर्वी सुर्खेतका पालिकामा पनि दिप प्रज्वलन गरि संविधान दिवस मनाईयो

दिलिप ढकाल

सुर्खेत।

असोज ३ गते संविधान दिवस, २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।

यता संविधान दिवसको अवसरमा पुर्बी सुर्खेतका बिभिन्न स्थानमा दिप प्रजोलन गरि संबिधान दिवस मनाइएको छ।
स्थानिय बजार तथा चोकमा बजारमा नेपालाको नक्सा बनाएर नक्सा भित्र नेपालको संबिधान २०८० लेखि दिप प्रजोलन गरिएको हो।

पुर्बी सुर्खेतका भेरिगंगा,गुर्भाकोट ,लेकबेशी नगरपालिका तथा सिम्ता गाँउ पालिका मा पनि दिप प्रजोलन गरि संविधान दिवस मनाइएको छ।

वडा कार्यालय तथा नगरपालिका तथा गाँउ पालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। दिप प्रज्वलन कार्यक्रममा वडा अध्यक्ष ,वडा सदस्य,पालिका अध्यक्ष एवं उपाध्यक्ष स्थानीय समाजसेवी,बुद्दिजिबि, ब्यापारी ,शिक्षक ,राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आज आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागु भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।

संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा सुवासचन्द्र नेम्वाङ थिए । संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायत नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका ५३७ सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

पुर्वी सुर्खेतका पालिकामा पनि दिप प्रज्वलन गरि संविधान दिवस मनाईयो

YUGAAWHAN NATIONAL DAILY (2080-06-04)