राष्ट्रिय शिक्षा दिवसमा कर्णालीबाट दर्जनाै पुरस्कृत (विवरणसहित)

सुर्खेत, ३ असोज ।
राष्ट्रिय शिक्षा दिवस–२०८० का अवसरमा कर्णालीबाट दर्जनबढी शैक्षिक व्यक्तित्व तथा शैक्षिक संस्था, सामाजिक संघ संस्थाहरु सम्मानित तथा पुरस्कृत भएका छन् । शिक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कर्णालीका दर्जनौ व्यक्ति तथा शैक्षिक संस्थालाई सम्मानित गरिएको हो ।

सार्वजनिक विद्यालयतर्फ सल्यानको नारायण माध्यमिक विद्यालय रुमाल गाउँ कुमाख–२, सल्यान देशैभरीबाट तृतीय भै राष्ट्रिय, ध्वजा र नगद १ लाख प्राप्त गर्न सफल भएको छ । देशैभरीका सामुदायिक विद्यालयहरु मध्येबाट २०७९ सालको माध्यमिक तह उत्तिर्ण परीक्षामा प्राप्त नतिजाका आधारमा देशभरीकै सामुदायिक विद्यालयहरुलाई उछिन्दै तृतीय स्थान हाँसिल गर्न सफल भएको हो । राष्ट्रिय स्तरमा प्रथम र द्धितीय स्थान सिन्धुलीको कमला माध्यमिक विद्यालय ढुङ्ग्रेवास कमलामाई–४ ले प्राप्त गरेको छ ।

त्यसैगरी सुर्खेतको कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४ ले समाज कल्याण शिक्षा पुरस्कार प्राप्त गरेको छ । सडक बालबालिका, एचआइभी एड्स संक्रमित सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकालाई पालन पोषणसहित शिक्षा प्रदानमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको छ । देशभरीका सामाजिक संस्थाहरु मध्ये उत्कृष्ट योगदान पुराएको भन्दै तीन लाख नगद, प्रमाणपत्र सहित कोपिला भ्याली सेवा समाजलाई पुरस्कृत गरिएको छ ।

राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्ने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरु मध्येबाट कर्णाली प्रदेशको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा. पुष्पराज आचार्य सम्मानित भएका छन् । प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीहरु मध्येबाट जाजरकोट बहु प्राविधिक शिक्षालय जाजरकोटका प्रमुख दान बहादुर ठकुरी सम्मानित भएका छन् ।

त्यसैगरी सार्वजनिक/सरकारी विद्यालयका शिक्षकतर्फ कर्णाली प्रदेशबाट १० जना शिक्षकहरु सम्मानित भएका छन् । नेरामावि किमुचौर कपुरकोट सल्यानका शिक्षक दामोदर शर्मा, सरस्वती मावि ठुलीभेरी–३ डोल्पाका शिक्षक भुपेन्द्र बहादुर राना, कर्णाली मावि टोक्ला मुगुका शिक्षक चन्द्र प्रकाश वडुवाल, भगवती आवि तातोपानी–५ जुम्लाका शिक्षक लाल प्रसाद चौलागाई सम्मानित भएका छन् ।

त्यसैगरी नन्दादेवी मावि कोटवाडी कालिकोटका शिक्षक रत्नसिंह साउँद, सिता मावि खार्पुनाथ–४ हुम्लाका शिक्षक जुनराज हमाल, नेरामावि कुशे–४ जाजरकोटका शिक्षक राम बहादुर शाही, जनता प्रावि भगवती मावि–६ दैलेखका शिक्षक रत्ना कुमारी रावल, हिमाल मावि सिम्ता–६ सुर्खेतका शिक्षक मान बहादुर सिंह र बालज्यवती मावि सानिभेरी–२ रुकुम पश्चिमका शिक्षक पूर्ण बहादुर ओली सम्मानित भएका छन् ।

निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी तथा संस्थातर्फ कर्णाली प्रदेशबाट नर बहादुर खड्का जाजरकोट नरपदम फ्रेण्डसिप इग्लिस बोर्डिङ स्कुल, सुवाष कुमार थापा दैलेख फुलवारी विद्यामन्दिर नारायण दैलेख, रुद्रकुमार पुन सुर्खेत छिन्चु इङ्लिस मिडियम बोर्डिङ स्कुल, प्रेम बहादुर विश्वकर्मा सुर्खेत सैनिक आवासिय महाविद्यालय वीरेन्द्रनगरलाई पनि सम्मानित गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बालविकास केन्द्रका सहजकर्ताहरु मध्ये कर्णाली प्रदेशबाट ५ जना सम्मानित भएका छन् । आशा कुमारी चन्द बालविकास सहजकर्ता जनज्योति मावि सल्यान, दुर्गालक्ष्मी चौलागाई बालविकास सहजकर्ता ऋद्धि विनायक आवि जुम्ला, पवित्रा खत्री बालविकास सहजकर्ता जनता बालविकास केन्द्र जाजरकोट, बल बहादुर भण्डारी विव्यस अध्यक्ष कालिका प्रावि दुल्लु दैलेख, नविन कुमार थापा विव्यस अध्यक्ष सूर्य प्रकाश मावि पञ्चपुरी दैलेख सम्मानित भएका छन् ।

त्यसैगरी राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार कर्णाली प्रदेशबाट राप्ती ज्ञानोदय मावि रुकुम पश्चिमका विज्ञान शिक्षक राधारमण झा सम्मानित भएका छन् । नेपाल विद्याभूषण पदकबाट मध्यपश्चिम विश्वविद्यालयका पूर्णमान श्रेष्ठ, र छात्रा विद्याभूषणबाट सन्ध्या गुरुङ, दिव्या गिरी सम्मानित भएका छन् ।

राष्ट्रिय शिक्षा दिवसमा कर्णालीबाट दर्जनाै पुरस्कृत (विवरणसहित)

दिप प्रज्वलन गरि बडाखोलीमा पनि मनाइयो संविधान

राष्ट्रिय शिक्षा दिवसमा कर्णालीबाट दर्जनाै पुरस्कृत (विवरणसहित)

पुर्वी सुर्खेतका पालिकामा पनि दिप प्रज्वलन गरि