प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म

कर्णाली, ६ माघ ।

किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकि थिइन , कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले ।

विसं २०४० असोज ३ गते आमा धनरुपा र बुवा धनन्जय न्यौपानेका तीन दाजुभाइका माझ एक छोरीका रूपमा तातोपानी गाउँपलालिका–४ जुम्ला (साविकको हाँकु गाविसमा)मा उनकाे जन्म भएकाे हाे । गरिबी, अभाव, रोग, अशिक्षा र उत्पीडन झेलिरहेको समाजमा जन्मिएकी यशोदालाई त्यही समाजको विद्यमान अवस्थाले २०५५÷५६ देखि राजनीतिप्रतिको चासो बढ्दै गयो ।

तत्कालीन समयमा नेकपा माओवादीले सशस्त्र बिद्रोह थाल्यो । यशोदा २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य भइन  । पार्टीमा जोडिँदै गर्दा कलाकार हुँदै उनि अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको एरिया उपाध्यक्ष र पछि महिलाको एरिया अध्यक्ष बनिन । त्यसको एक वर्षपछि २०५८ मा एरिया सेक्रेटरी, त्यसको अन्त्यतिर पार्टीको जिल्ला कमिटी सदस्य, महिला सङ्गठनको जिल्ला कमिटी सचिव हुँदै अखिल नेपाल किसान सङ्गठन (क्रान्तिकारी) क्षेत्रीय ब्यूरो सदस्य बनिन । विसं २०५९ मा माओवादीद्वारा गठित जनमुक्ति सेनाको प्लाटुन कमाण्डर बनिन  ।

पार्टीको क्षेत्रीय ब्यूरो सदस्य हुँदै यशोदा २०७८ मा पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा हाल कालीकोटको सहइन्चार्जका रूपमा काम गर्दै आएकि छन्र ।

नेकपा माओवादीको पूर्णकालीन सदस्य भएयता यशोदा पटक पटक युद्ध मोर्चामा सहभागी भएकि छन  । अछामको मङ्गलसेन आक्रमणपछि जुम्ला घर फर्कँदै गर्दा कालीकोटको सेराबाडामा उनि सेनाको घेरामा परिन । कालीकोटकै मुग्राहमा भएको भिडन्तमा पनि उनि बाँचिन  । विसं २०५७ मा यशोदाले कालिकोटको खाडाचक्र नगरपालिका–८ का लक्ष्मीप्रसाद चौलागाईँसँग विवाह गरिन । उनको एक छोरी छन  । हाल कक्षा १२ को अध्ययनलाई निरन्तरता दिएकी यशोदा माओवादीभित्र जुझारु, इमान्दार, कर्मशील र व्यवस्थापकीय क्षमता भएकी महिलाका रुपमा चिनिन्छिन ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा यशोदा नेकपा ९माओवादी केन्द्र०बाट कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकि हुन । यही माघ ४ गते बुधबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकबाट प्रदेशसभामा कायम रहेको ४० सदस्य सङ्ख्यामा ३८ उपस्थित हुँदा २४ मत ल्याएर बहुमतले उनि  उपसभामुखमा निर्वाचित भएकि छन  । माघ १ गते सभामुखको निर्वाचन सम्पन्न गरेको प्रदेशसभा बैठकले माघ ४ गते उपसभामुख चयन गरेको हो । सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकि छन्र  ।

रासस 

प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म

पासोमा परेर मर्दैछन् वन्यजन्तु

प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म

खेल मैदानमा हेलिकप्टर उतारेका यात्रु भन्छन्– हाम्रो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!