चेक अनादर मुद्दामा खत्री पक्राउ

सुर्खेत ।
भेरीगंगा नगरपालिका निवासी २८ बर्षिय सुरेन्द्र खत्री पक्राउ परेका छन् । चेक अनादर मुद्दामा फरार रहेका उनलाई प्रहरीले सुर्खेतको छिन्चु बजारबाट पक्राउ गरेको छ ।
जिल्ला अदालत सुर्खेतले खत्रीलाई चेक अनादर मुद्दामा दोषि ठह¥याउदै तीन महिना कैद र तीन हजार जरीवाना तोकेको थियो । खत्रीलाई शनिवार इलाका प्रहरी कार्यालय छिन्चुको टोलीले पक्राउ गरेको हो । उनलाई हाल ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको छ ।






