कहालीलाग्दाे हवाइ दुर्घटना : सुरक्षित छैन कर्णालीको आकाशपनि  

सुर्खेत, ३ माघ ।

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ हवाईजहाज आइतबार पोखरा विमानस्थल नजिक सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाको ज्यान गयो । नेपालको हवाई सेवाकै इतिहासमा हालसम्मकै ठूलो मानवीय क्षति हुने गरी यो ६५ औं दुर्घटना हो । समग्रमा भने १ सय ८ दुर्घटना भइसकेको तथ्यांक छ ।

सडक यातायातको हिसावले अत्याधिक जोखिमयुक्त र दुर्घटनाग्रस्त मानिएको कर्णालीमा सडक यातायात मात्र होइन हवाई यातायातपनि उक्तिकै जोखिमयुक्त र खतरनाक मानिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् १९५५ देखि सन् २०२२ सम्म नेपालमा कुल १०७ वटा विमान दुर्घटना भएका छन्, जसमध्ये ६४ वटा दुर्घटनामा मानवीय क्षति भएको छ ।

आइतवारको तथ्यांकलाई नजोड्दा नेपालमा विमान दुर्घटनामा परेर ८ सय ३६ जनाको मृत्यु भइसकेको छ भने कर्णालीमा मात्र हालसम्म २८ जनाको ज्यान हवाई दुर्घटनामा गईसकेको छ । यस अवधिमा कर्णालीमा ५ वटा हवाईजहाज र ३ वटा हेलिकोप्टर गरी जम्मा ८ वटा हवाई दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणका अनुसार देशभरिमा डबल इञ्जिन भएको ५० वटा विमान र सिंगल इन्जिन भएका २८ वटा विमान दुर्घटनामा ३ सय ५७ जना मानिसको ज्यान गएको छ । २२ दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । त्यसैगरी, नेपालको सिंगल–इञ्जिन भएको कुल ८ वटा विमान दुर्घटनाग्रस्त भए पनि ६ वटा विमान दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ ।

नेपालमा अहिलेसम्म कुल ३६ वटा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा १६ वटा दुर्घटनामा ५४ जनाको ज्यान गएको छ । २० वटा दुर्घटनामा मानवीय क्षति भएको छैन । विदेशमा दर्ता भएका वायु सेवाका विमानहरूमध्ये कुल ९ वटा जहाज नेपालमा दुर्घटनाग्रस्त भएका छन् ।

त्यसमध्ये ८ वटा जहाज दुर्घटनाग्रस्त हुँदा कुल ३ सय ७३ जना मानिसको ज्यान गएको छ । नेपालमा दर्ता भएका ठूला वाइडबडी जहाजभन्दा पनि स–साना वायुयानहरू अधिकांश पहाडी विमानस्थलमा ल्याण्ड गर्ने बेला, एप्रोच गर्ने बेला तथा उडान गर्ने बेला दुर्घटनाग्रस्त हुने गरेको छ ।

पहाडमा ठोक्किएर, खराब मौसमको समयमा उडान गर्दा प्रायःजसो दुर्घटना हुने गरेको छ । दृष्टि गौचर उडान विधि (भिजिबल फ्लाइट रूट)को नियमलाई नमानेर पनि धेरैजसो दुर्घटना हुने गरेको बताइएको छ । कर्णालीको आकाशमा सन २००२ को जुलाई १७ मा स्काइलाइन एयरलाइन्सको विमान सुर्खेतको गरगरे डाँडामा दुर्घटना हुँदा त्यतिबेलाका चर्चित एवं अनुभवी पाइलट विजय

गिरीसहित ४ जनाको मृत्यु भएको थियो । त्यसपछि कर्णालीकोे आकाशमा भएको अर्को दुर्घटना सन् २००६ को जुन १२ मा भयो । यति एयरलाइन्सको विमान जुम्ला विमानस्थलमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । सन् १९९९ को जनवरी १३ तारिखका दिन नेकोन एयरको सिंगल इञ्जिन भएको विमान जुम्लामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो भने सन् २०१६ को २६ फेब्रुअरीमा एयर काष्ठमण्डपको विमान कालिकोटको चिल्खायामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो ।

२०१८ को मे १६ मा मकालु एयरको विमान सिमकोटपासमा दुर्घटना हुँदा २ जनाको मृत्यु भए यता कर्णालीमा हवाई जहाज दुर्घटना भएका छैनन् । त्यसअघि भएका हेलिकप्टर दुर्घटनातर्फ सन् २००१ को १२ नोभेम्बरमा फिस्टेल एयरको हेलिकप्टर मुगुको रारा लेकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यसैगरी २०१३ को जुन १९मा फिस्टेल एयरको हेलिकप्टर सिमिकोटमा दुर्घटना हुँदा १ जना र सन् २०१८ मा मनाङ एयरको हेलिकोप्टर हिल्सामा दुर्घटना हुँदा १ जनाको मृत्यु जनाइएको छ । कर्णालीको कठिन भौगोलिक बनावट र खराब मौसमका कारण कर्णालीका आकाशमा हवाईजहाज तथा हेलिकोप्टर दुर्घटना हुने गरेको अनुमान गर्ने गरिएको छ ।

कहालीलाग्दाे हवाइ दुर्घटना :  सुरक्षित छैन कर्णालीको आकाशपनि  

पोखरामा जहाज दुर्घटनाः सनाखत नभएका शव आज

कहालीलाग्दाे हवाइ दुर्घटना :  सुरक्षित छैन कर्णालीको आकाशपनि  

अटिज्म् भएका बालबालिकाका  लागि स्कुल खोल्ने योजना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!