पोखरा जहाज दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरू

गण्डकी,२  माघ ।

आइतबार पोखराको सेतीखोंचमा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरू भएको छ। शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौंबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले पोष्टमर्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए।

पोष्टमर्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौंबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन्। दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ।

एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ । पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ ।

पोष्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

पोखरा जहाज दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरू

पोखरा जहाज दुर्घटनाः पानीबाट निकालियो एक जनाको

पोखरा जहाज दुर्घटनामा निधन भएका व्यक्तिहरूको पोष्टमर्टम सुरू

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!