कांग्रेसले फेरि देशको नेतृत्व लिन्छः प्रवक्ता महत

विदुर,२ माघ ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन्। तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतबार भएको कार्यक्रममा महतले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ। बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ। तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ।’

महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए।

‘विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन्। देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ। कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ’, उनले भने।

सेताेपाटी 

कांग्रेसले फेरि देशको नेतृत्व लिन्छः प्रवक्ता महत

आज शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

कांग्रेसले फेरि देशको नेतृत्व लिन्छः प्रवक्ता महत

जसले को–पाइलट श्रीमानको मृत्युपछि सोही पेसा रोजेकी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!