दिवा खाजामा विद्यालयकै अर्गानिक उत्पादन

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका-३ स्थित बराह आधारभूत विद्यालयका विद्यार्थीहरु मध्यान्तरमा खाइने दिवा खाजामा आफ्नै विद्यालयको करेसाबारीमा उत्पादन भएको अर्गानिक तरकारीवाली नै प्रयोग गर्छन् । विद्यालय नजिकै एक कठ्ठाभन्दा बढीको जग्गा छ । यो जग्गा विद्यालयकै स्वामित्वमा रहेको छ । यसअघि विद्यार्थीहरुले त्यहाँ बेसार खेती समेत गरेका थिए । अहिले भने विद्यार्थीहरु यहाँ मसलाजन्य कृषि उपजहरुको उत्पादन गरीरहेका छन् ।

विद्यालयका प्रध्यानाध्यापक प्रदीप खड्काले भने, ‘अहिले विद्यार्थीहरुले लसुन, प्याज, धनियाहरु हुर्काउँदै छन् । विद्यालयमा समेत उनीहरुले पाउने दिवा खाजा सुविधामा यीनै उत्पादनहरुको प्रयोग गर्न थालिएको छ ।’ यसअघि स्थानइी बजारबाट मसला आयात हुन्थ्यो । अहिले त्यो सबै आयात विस्थापित हुँदैछ र, विद्यार्थीहरुले समेत अर्गानिक उत्पादन प्रयोग गर्न पाएका छन् ।

‘विद्यार्थीको स्वास्थ्यका लाागि समेत राम्रो भएको छ ।’ खड्काले भने, आफैले उत्पादन गर्दा विद्यार्थीलाई सिकाइ समेत भएको छ भने अर्गानिक खानाले स्वास्थ्यलाई फाइदा पुगेको छ ।’ विद्यालयमा हाल एक सय २७ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ८ सम्म अध्यापन हुने यस विद्यालयका शौचालयमार्फत पिशाव संकलन हुन्छ । त्यसैलाई मलका रुपमा प्रयोग गरी कृषिखेती गरीएको छ ।

‘ड्रममा हामीले पिशाव संकलन गर्छौ । ८-१० दिनपछि तीन भाग पानी र एक भाग पिशाव घोलेर तरकारीवालीमा छर्छौ । यसले वालीलाई समेत राम्रो बनाएको छ ।’ खड्का भन्छन्, ‘साथै विद्यालयको दैनिक फोहोरलाई दुई भागमा संकलन गरीदै आइएको छ । कुहिने र नकुहिले फोहोर संकलनपछि कुहिने फोहोरलाई बारीमा मलका रुपमा पनि प्रयोग हुन्छ ।’

तरकारीवाली मात्र होइन विद्यालयले एक सय बोटको संख्यामा केराखेती समेत गरेको छ । यसका साथै विद्यालयले प्याज, टमाटरलगायतका वालीको बेर्ना उत्पादन गरी समुदायमा बिक्रि समेत गर्दै आएको छ । विद्यालयलाई खानेपानीका लागि पाइप लाइन बिस्तार, पानी पिउने स्थान निर्माण र बायोस्याण्ड फिल्टर जडान तथा विद्यालयको शौचालयमा पनि सुधार गरी पिशाब संकलन गरी करेसाबारीमा प्रयोगलगायतका कार्यक्रममा ‘वास एलाइन्स इन्टरनेशनल’ को आर्थिक सहयोगमा तथा एन्फोद्वारा सञ्चालित खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य परियोजनाले बराहताल गाउँपालिकाको समन्वयमा सहयोग गरेको हो ।

यी विविध क्रियाकलापमा विद्यालयको एक लाख रुपैयाँ र परियोजनाको एक लाख ५३ हजार तीन सय ७० रुपैयाँ साझेदारी लगानी रहेको थियो । बराह आधारभूत मात्र होइन परियोजनाले बराहताल-४ स्थित भेरी माध्यमिक विद्यालय, तरंगा र १ नं. वडास्थित राष्ट्रिय आधारभूत विद्यालय, श्रीचौरमा समेत खानेपानी तथा स्वच्छताका क्रियाकलापमा सहयोग गरेको थियो । पालिकाको वडा नं. ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नयाँवनमा समेत परियोजनाले शौचालय मर्मत निर्माणलगायतका सहयोग गरेको थियो ।

परियोजनाले भेरी माध्यमिक विद्यालयमा शौचालयको स्तरोन्नति र सुरक्षित खानेपानीको पहुँचतर्फ बायो स्याण्ड फिल्टर जडान शौचालयको स्त्तरोन्नती तथा पिशाब संकलन गरी करेसाबारीमा प्रयोग गर्ने गरी पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको थियो । यी गतिविधिमा विद्यालयले एक लाख ५० हजार रुपैयाँ र परियोजनाले दुई लाख ३७ हजार आठ सय १४ रुपैयाँ लगानी गरेका थिए ।

यसैगरी राष्ट्रिय आधारभूत विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार गर्नको लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा गाँउपालिकाबाट ३८ हजार तीन सय १७ र परियोजनाबाट एक लाख ५० हजार रुपैयाँ लगानीमा पूर्वाधार निर्माणमा सहयोग गरीएको छ । नेपाल सरकारको सन् २०३० सम्म ‘सबैको लागि र सधैको लागि पूणर् सरसफाइको अवस्था’ लक्ष्य हासिल गर्नमा सहयोग गर्न र सरसफाइ दिगो र उचित व्यवस्थापन गर्नको लागी नमुना स्वरुप देखाउन कार्यक्रम मार्फत विद्यालयहरुलाई सहयोग गरीएको एन्फोका बराहताल गाउँपालिकाका लागि ‘फिल्ड सञ्योजक’ राजेश वञ्जनकारले जानकारी दिए । विद्यायलका प्रध्यानाध्यापक र वास फोकल पर्सन शिक्षिकाको सक्रियतामा कार्यक्रम सफल भएको उनको दावी छ ।

दिवा खाजामा विद्यालयकै अर्गानिक उत्पादन

बागीना समूहद्वारा १६ विद्यालयमा नृत्य, गीत र

दिवा खाजामा विद्यालयकै अर्गानिक उत्पादन

YUGAAWHAN NATIONAL DAILY (2079-12-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *