२०८२ बैशाख १७ गते
×

Now Playing

पोखरा विमान दुर्घटना :  ३२ शव फेला

काठमाडौं,१ माघ ।

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

दुर्घटनाग्रस्त जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको बताइएको छ । यती एयरलाइन्स स्रोतले दिएको जानकारीअनुसार चालक दलका चार सदस्यसहित ६२ जना नेपाली र १० जना विदेशी नागरिक थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *