कर्णालीमा एमालेबाट सभामुखको उम्मेदवार नन्दा गुरुङ

सुर्खेत,१ माघ ।
कर्णालीमा नेकपा एमालेले सभामुखका लागि उम्मेदवारको नाम टुंग्याएको छ । एमालेले सभामुखको लागि नन्दा गुरुङलाई अघि सारेको हो । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुंगिएको र शनिबार दिउँसो ४ बजे उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए ।
गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन् । कर्णालीमा सत्तारुढ दलको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ भने उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ ।





