भेरिगंगा नगरपालिकामा पनि राष्ट्रिय योग दिवस मनाईदै

दिलिप ढकाल

सुर्खेत ,१ माघ ।

आज माघ १ गते माधे सक्रान्ति अर्थात रास्ट्रीय योग दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ। स्वस्थ जीवनको चाहाना–योग शिक्षा र साधाना भन्ने मुल नाराका साथ् मनाईने रास्ट्रीय योग दिवस भेरिगंगा नगरपालिका मनाईने भएको हो । भेरिगंगा नगरपालिका आयुर्बेद शाखा जहरे सुर्खेतको आयोजनामा योग दिवस मनाउन लागिएको हो।

बिहान ८ बजे देखि १० बजे सम्म भेरिगंगा नगरपालिका वडा नम्बर ८ को साझा खाजा घर एण्ड कटेजको प्राङ्गण योग दिवस मनाईने छ। निशुल योग,ध्यान,प्राणायाम तथा ब्यायाम गरि योग दिवस मनाईने भएकाले योग गर्नको लागि हलुका (सजिलो) पोसाक सहित उपस्थितिको लागि अनुरोध गरिएको छ।

निशुल्क योग,ध्यान,प्राणायाम तथा ब्यायाम,बिहान ठिक ८ बजे देखि ९ः३० बजे सम्म,योग दिवसको सुभकामना आदान प्रदान बिहान ९ः३० देखि १० बजे सम्म र प्रसाद ग्रहण बिहान १० बजे हुने कार्यक्रम तय गरिएको मैनतडा आयुर्बेद शाखा प्रमुख कविराज छबिलाल खड्काले जानकारी दिए ।

भेरिगंगा नगरपालिकामा पनि राष्ट्रिय योग दिवस मनाईदै

माघी पर्वले समतामूलक समाज निर्माणमा प्रेरणा मिलोस्

भेरिगंगा नगरपालिकामा पनि राष्ट्रिय योग दिवस मनाईदै

YUGAAWHAN NATIONAL DAILY (2079-09-30)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!