दशै अगावै दैलेख पश्चिमका सबै पालिकमा विजुली बल्ने

दैलेख । नेपाल विद्युत प्रधिकारण दैलेख वितरण केन्द्रका प्रमुख इन्जिनियर गाैरब पाण्डे र कर्णाली प्रदेशका सांसद विनोदकुमार शाहबीच भेटघाट भएको छ। मंगलबार भएकाे उक्त भेटघाटमा आठबीस/चामुणडाबिन्द्रासैनी र ठाटीकाँध गाउँपालिकाका विभित्र वडाहरूमा विद्युत विस्तारका लागि भएकाे कामकाे प्रगति विवरण लगायतका विषयमा छलफल भएको छ।
यस्तै, सांसद शाहले विद्युतका विषयमा भएकाे काम बारेमा जानकारी लिएका थिए। प्रमुख ई पाण्डेले ठाटीकाँध गाउँपालिका रफ्तारमा काम बनिरहेको बताए।ठाटीकाँध गाउँपालिका-१, २, ३ र ५ नम्बर वडामा दशैंसम्म बत्ति बल्ने प्रमुख पाण्डेले जानकारी दिए। उनका अनुसार चामुण्डा नगरपालिका-१, २, ३, ४, ७ र ९ नम्बर वडामा काम भइरहेको छ। दैलेख पश्चिमकाे तीनवटा पालिककाे वितरण केन्द्रकाे नाम राखेर काम सञ्चालन भइरहेकाे उनको भनाइ छ।
यस्तै, आठबीस नगरपालिकाकाे सिगासैन्, राेल लगायतका स्थानमा पनि विद्युतकाे काम गरिरहेकाे छ। यस्तै, इन्जिनियर पाण्डेले देैलेख जिल्ला भित्रका विभिन्न ठाउँमा हाल १२ कराेडकाे काम बनिसकेको, २२ कराेडकाे काम भइरहेकाे र २७ कराेडकाे टेन्डर भइसकेको बताए।
दशै अगावै दैलेख पश्चिमका सबै पालिकमा विजुली बल्ने

तिला नदीमा खसेर जुम्लामा एक युवक बेपत्ता

दशै अगावै दैलेख पश्चिमका सबै पालिकमा विजुली बल्ने

भेरीगंगामा एक महिने हाउस पेन्टिङ्ग तथा अटो

Leave a comment

Your email address will not be published. Required fields are marked *