भेरीगंगामा एक महिने हाउस पेन्टिङ्ग तथा अटो रिक्सा मर्मत तालिम सपन्न

दिलिप ढकाल
सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा एक महिने हाउस पेन्टिङ्ग तथा अटो रिक्सा तथा मोटरसाईकल मर्मत तालिम सम्पन्न भएको छ । सोमबार भेरीगंगा नगरपालिका उद्योग विकास तथा शहरी शाखाको आयोजनामा गत बैशाख २९ गतेबाट सुरु भएको तालिमको नगरपालिकामा एक कार्यक्रमका बिच समापन गरिएको हो । उप-प्रमुख स्वरोजगार कार्यक्रम अन्तरगत उक्त तालिम संचालन भएको हो ।


हाउस पेन्टिङ्ग र अटो रिक्सा तथा मोटरसाईकल मर्मत तालिममा भेरीगंगाका १०/१० जना गरि जम्मा २० जनाले सहभागिता जनाएका थिए । तालिम सहभागीहरुलाई भेरीगंगा नगरपालिकाका उपप्रमुख धनसरा बोहोरा, ५ नम्बर वडाका वडाध्यक्ष प्रेम बहादुर सारु, उद्योग बिकाश तथा सहरी शाखा प्रमुख चित्रा डाँगी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै उपप्रमुख धनसरा बोहोराले एक महिनासम्म सिकेको सीपलाई सदुपयोग गरि आत्मनिर्भर हुनुपर्नेमा सहभागीलाई आग्रह गरिन । कुनै पनि काम सानो वा ठुलो नहुने भन्दै आफूले सिकेको सीपालाई प्रयोग गरी थोरै लगानी भएपनि व्यवसाय सुरु गर्न बोहोराको आग्रह थियो ।

यस्तै कार्यक्रममा उद्योग बिकास तथा शहरी शाखा प्रमुख चित्रा डाँगी तथा ५ नम्बर वडाका वडाध्यक्ष प्रेम सारुले तालिममा सहभागीहरुलाई सीपको सदुपयोग गर्न आग्रह गर्दै आवश्यक परेको खण्डमा तालिम पुनः सञ्चालन गर्न सकिने बताए । कार्यक्रमको संचालन उद्योग विकास सहजकर्ता लालबहादुर कार्की र सुनिता जैसीले गरेका थिए । तालिमका सहभागीले आफुले सिकेको सीपलाई व्यवसायमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

भेरीगंगामा एक महिने हाउस पेन्टिङ्ग तथा अटो रिक्सा मर्मत तालिम सपन्न

दशै अगावै दैलेख पश्चिमका सबै पालिकमा विजुली

भेरीगंगामा एक महिने हाउस पेन्टिङ्ग तथा अटो रिक्सा मर्मत तालिम सपन्न

YUGAAWHAN NATIONAL DAILY (2080-02-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *