तिला नदीमा खसेर जुम्लामा एक युवक बेपत्ता

जुम्ला । जुम्लाको तिला गाउँपालिका-१, रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवक तिला नदीमा बेपत्ता भएका छन् ।

मंगलबार बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । बेपत्ता हुनेमा तिला-६ निवासी घोडे गाउँका कर्णबहादुर रोकाया उनका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

तिला-१, रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

तिला नदीमा खसेर जुम्लामा एक युवक बेपत्ता

जब स्वास्थ्य शिविरमा हुम्लाका पाँच वर्षीया बालककाे

तिला नदीमा खसेर जुम्लामा एक युवक बेपत्ता

दशै अगावै दैलेख पश्चिमका सबै पालिकमा विजुली

Leave a comment

Your email address will not be published. Required fields are marked *