भेरिगंगा वडा नम्बर १ मा गरिबी निवारणको लागिअभिमुखिकरण कार्यक्रम सम्पन्न

दिलिप ढकाल
सुर्खेत,२९ पाैष ।
भेरीगंगा नगरपालिका वडा नम्बर १ मा गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तरगत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा भेरीगंगा नगरपालिको वडा नम्बर १ को वडा कार्यालय ताकुरिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष दिनेश पुलामी वडा सचिब प्रताप अधिकारि लगायत जनप्रतिनिधि हरु , विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु को उपस्थिति रहेको थियो। उपस्थिति भएका सबै लाई उद्योग विकास शाखाले सञ्चालन गर्दै आएको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम बारे गराईएको थियो ।

उद्योग विकास शाखाले वेरोजगार भएका युवाहरुलाई सिपमुलक तालिम प्रदान गर्दै आएकोमा सहभागिहरुले धन्यवाद दिदै आफुहरु खुसी भएको बताएका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, टोल विकास समितिका प्रदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
भेरिगंगा नगरपालिकाको कार्यालय उद्योग बिकास तथा सहरी शाखा छिन्चु सुर्खेत को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा २० जना भन्दा बढीको उपस्थिति रहेको थियो। वडा नम्बर १ का वडा अध्यक्ष दिनेश पुलामीको सभापत्तिव तथा उद्योग विकास शाखा प्रमुख चित्रा डाँगीको प्रमुख अथित्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता लाल बहादुर कार्कीले गरेका थिए ।






