२०८३ जेष्ठ ११ गते
×

Now Playing

ग्रीन सिटी अस्पताल : निःशुल्क सेवा दिएको भन्ने, पैसा असुल्ने

काठमाडौं,२९ पाैष ।

सामाखुसीस्थित ग्रिन सिटी अस्पतालले बिरामीबाट उपचार खर्च असुलेर पनि निःशुल्क सेवा दिएको दावी गरेको छ। अस्पतालले उपचार खर्चवापत झण्डै ३ लाख ३० हजार रुपैयाँ असुले पनि निःशुल्क उपचार गरेको भन्दै प्रचार गरेको छ। दाङ घर भएकी ३६ वर्षीया माया वलीको गत भदौ २७ गते पाठेघर र एपेन्डिसाइटिसको अप्रेसन भएको थियो।

अप्रेसनवापत झण्डै ३ लाख ३० हजार खर्च भएको वलीले अन्नपूर्णसँग बताइन्। वलीले भनिन्, ‘मेरो उपचारमा ३ लाख रुपैयाँभन्दा धेरै खर्च भयो। अस्पतालले भने निःशुल्क र सहुलियत उपचार गरेकोमा मेरो फोटो टाँसेको छ। मेरो मानहानी भएन र।’ उपचार सफल भएपछि असोज १४ गते वलीलाई डिस्चार्ज गरिएको थियो। सो क्रममा अस्पतालले ९ हजार छुट गरेको उनले बताइन्। त्यसपछि वली फलोअपका लागि शुक्रबार अस्पताल पुगिन्।

अस्पतालमा ‘यस अस्पतालका निःशुल्क र सहुलियत रूपमा उपचार पाएका विपन्न, असहाय र बेवारिसे बिरामीहरूको विवरण’ मा वलीको फोटोसहित नाम पहिलो नम्बरमै राखिएको थियो। त्यसपछि उनी अकमक्क भइन्। वली भन्छिन्, मैले त पैसा तिरेको हुँ। कसरी मेरो फोटो नतिरेकोमा टाँसियो। मेरो अपमान भएको महसुस गरेको छु।’

ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले निःशुल्क र सहुलियत रूपमा उपचार पाएका विपन्न, असहाय र बेवारिसे बिरामीहरूको विवरण सूचीमा उपचार खर्च तिरेकाको नाम पर्न गएकोमा गल्ती स्वीकारे। टण्डनले  भने, ‘मैले त्यो सूचीबाट वलीज्यूको फोटो हटाउन भनिसकेको छु। जानी जानी त्यसो गरिएको होइन।’

अन्नपुर्ण 

ग्रीन सिटी अस्पताल :  निःशुल्क सेवा दिएको भन्ने, पैसा असुल्ने

कर्णालीका रसिलो स्याउको अमिलो पीडा

Leave a comment

Your email address will not be published. Required fields are marked *