२०८३ जेष्ठ ११ गते
×

Now Playing

वीरेन्द्रनगरका भुमिहिन सुकुम्वासीले लालपुर्जा नपाएको गुनासो

सुर्खेत,२९ पाैष  ।

वीरेन्द्रनगरका भुमिहिन सुकुम्वासीले लालपुर्जा नपाएको गुनासो गरेका छन् । वीरेन्द्रनगर नगरपालिकामा वसोबास गरीरेहका सुकुम्वासीहरु विहिवार नगरपालिकाको कार्यालयमा पुगेर लालपुर्जा नपाएको गुनासो गरेका हुन् । वीरेन्द्रनगर ९ का चित्र बहादुर थापाले चुनावको बेला सबै उम्मेदवारले लालपुर्जालाई प्रमुख एजेण्डा बनाउदै आएको भएता पनी कार्यान्वयनमा ध्यान नदिएको बताए ।

उनले चुनावको वेला मात्रै लालपुर्जा बनाउछु भन्दै आश्वासन दिने तर चुनाव जितिसके पछि कुनै पनि जनप्रतिनिधिले लालपुर्जाको बारेमा नसोचेको गुनासो गरे ।

‘नेताहरुले हामीलाई भोट बैँक बनाए, चुनावको बेला आउछन् हामीलाई जिताउनुहोस्, हामी जितेको केही महिनामै तपाईलाई लालपुर्जा वितरण गर्छौ भनछन्, तर जितिसकेको वर्षौ वितिसक्दा पनि लालपुर्जा हामीले पाउन सकेका छैनौँ,’ उनले भने, बारम्वार नगरपालिकामा आएर लालपुर्जाको वारेमा बुझ्न खोज्दा पनि नगरपालिका र भुमि आयोगले कुनै चासो नै नदिएको उनले गुनासो गरे ।

यस्तै सुकुम्वासी विष्णु बस्यालले २२ वर्षदेखि लालपुर्जा दिन्छु भन्दै आस मात्रै देखाएको र आफुहरुलाई भोट बैँक बनाएको गुनासो गरीन् ।

उनले भनिन् ‘ सुकुम्वासीको लागि नाम दर्ता गराउनुहोस्, अबको केही दिनमै लालपुर्जा दिन्छु भन्छन् तर पछि दर्ता गरेको नाम नै नभेटिने गरेको छ ।’ हाम्रा बुबा आमा लालपुर्जा पाउँछौ कि भनि आसै आसमा मरेको र हामी पनि वर्षौदेखि लालपुर्जाको आसमा बसेका छौ । लालपुर्जा पाउँदिन कि भन्ने हामीलाई डर छ ।’

सोही ठाउँकी सुकुम्वासी लक्ष्मी नेपालीले भनिन् । यता गुर्भाकोट, बराहताल र भेरीगंगामा भएका भुमिहिन सुकुम्वासीहरुलाई भने लालपुर्जा वितरण गरिसक्दा पनि वीरेन्द्रनगर नगरपालिकाले भने वैठक बसेर तथ्यांक संकलनको भईरहेका र नगरपालिकामा तथ्यांक संकलनको स्क्यान गर्ने प्रविधि नहुँदा लालपुर्जा वितरणमा ढिलाई भएको बताएको छ ।

वीरेन्द्रनगर नगरपालिका उद्योग सहकारी तथा सामाजिक शाखा एवम् भुसेवा केन्द्रका प्रमुख टंक प्रसाद लामिछानेका अनुसार लालपुर्जा वितरणको लागि तिव्र गतिमा काम भईरहेको छ । उनले अबको एकदुई दिनमा सुचना प्रकाशन गरी कर्मचारीलाई स्थलगत रुपमा नाप जाँचको लागि खटाएर दुुई महिना भित्रमा भुमिहिन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्धता जनाए ।

दर्शन खबर 

वीरेन्द्रनगरका भुमिहिन सुकुम्वासीले लालपुर्जा नपाएको गुनासो

राष्ट्र बैंकले भन्यो– नेपालमा बसेर विदेशमा घरजग्गा

Leave a comment

Your email address will not be published. Required fields are marked *