राउटे समुदायमा मदिरामुक्त अभियान

दैलेख,२९ पाैष ।

 अत्यधिक मदिरा सेवनका कारण ३१ वर्षीय कपिल शाहीको मृत्यु भयो । गत हप्ता ४० वर्षीय नारायण शाहीको पनि अधिक मदिरा सेवन गरेकै कारण आगोमा परेर पूरै शरीर जल्यो । मदिराका कारण राउटे बस्तीमा बिरामी हुने र मृत्यु हुनेहरु बढ्दै गएपछि राउटे मुखिया सूर्यनारायण शाहीले बस्तीलाई मदिरामुक्त बनाउने गरी सबै राउटेहरुलाई मौखिक प्रतिबद्धता गराएका छन् ।

अहिले राउटेहरु दैलेखको नारायण नगरपालिका–९ चुप्रामा बस्दै आएका छन् । समुदायको मृत्युदर घट्दै गएकाले मुखिया शाहीले बस्तीमा मदिरामुक्त अभियान गर्न लागिएको जानकारी दिए । ‘बस्ती नै मदिरा लिप्त भयो,’ उनले भने, ‘बस्तीका सबैलाई मदिरा सेवन नगर्न सम्झाएको छु, वरिपरिका होटेल र पसलहरुमा पनि मदिरा बिक्री नगर्न अनुरोध गरिएको छ ।’

राउटे बस्तीमा विगत १० महिनादेखि कार्यरत अनमी अमृता रोकायले मदिरा सेवनले राउटेहरुको जन्मदर रोकिएको बताइन् । उनका अनुसार विगत १० महिनायता कुनै पनि महिलाहरु गर्भावस्थामा छैनन् । ‘गर्भावस्थामा अधिक मदिरा सेवन गरे एक त गर्भ नै बस्दैन, बसे पनि गर्भपतन हुन्छ,’ उनले भनिन्, ‘यहाँ त पुरुषभन्दा पनि महिलामा बढी मदिरा सेवन गर्ने विकृति देखियो ।’

राउटे बस्तीमा अहिले ४३ परिवारका १ सय ४३ जना छन् । अनमी रोकायले बस्तीमा खाना कम र मदिराको प्रयोग बढी भएकाले पनि मृत्यु हुनेको संख्या पनि बढिरहेको बताइन् । ‘गुणस्तरहीन मदिराले सुनिने र कुपोषण हुनेजस्ता रोगहरु लागेका छन,’ उनले भनिन्,‘मदिरा प्रयोग गरेपछि खाना नखाने, चिसैमा सुत्ने गर्दा उनीहरुमा विभिन्न प्रकारका रोगहरु देखा परेका छन् ।’

राउटे मुखिया शाहीले मदिराले नै विभिन्न घटना घटाएकाले बस्तीलाई मदिरामुक्त बनाउने अभियानमा जुटेको बताए । ‘पहिला हामीसँग पैसा हुन्थेन, विभिन्न काम गरेर बस्तीमै जडिबुटीको मदिरा औषधिका रुपमा प्रयोग गरिन्थ्यो,’ उनले भने, ‘अहिले सरकारले भत्ता दिन थाल्यो, विभिन्न संघसस्थाले पनि सहयोग गरिरहेका छन्, त्यसैले राउटे बिग्रिए ।’ उनका अनुसार राउटेलाई सरकारले महिनाको ४ हजार रुपैयाँ भत्ता दिने गरेको छ ।

कान्तिपुर 

राउटे समुदायमा मदिरामुक्त अभियान

भारतले चलायो २० लाख भारू तिरेर बनारसबाट

राउटे समुदायमा मदिरामुक्त अभियान

राष्ट्र बैंकले भन्यो– नेपालमा बसेर विदेशमा घरजग्गा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!