बनगाड कुपिण्डे नगरपालिकामा काजमा बाहिर रहेका कर्मचारी फिर्ता बाेलाउँदै
दुर्गा विसि
सुर्खेत,२९ पाैष ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले काजमा बाहिर रहेका कर्मचारीहरुलाइ फिर्ता ल्याउने भएको छ ।आज वसेको कार्यापालिका बैठकद्वारा उक्त निर्णय भएको प्रवक्ता धनवहादुर पुनले जानकारी दिए ।नगरपालिकामा कर्मचारी अभावले कामकाजमा असहजा उत्पन्न भए पछि आज उक्त निर्णय गरिएको जनाएको छ ।कर्मचारी अभावमा एक सचिवले दुई वडा सञ्चालन गरिरहेका छन् ।
बनगाड कुपिणण्डे नगरपालिकाका विभिन्न शाखाहरु र वडाहरुमा कर्मचारी अभाव रहेको छ ।साथै विद्यालयका भवन,खानेपानी सडक,विद्युतिकरण लगाएत दर्जनौं वढि योजनाहरु संघीय सरकार तथा प्रदेश सरकार समक्ष माग गर्ने निर्णय समेत गरिएको छ ।






