वीरेन्द्रनगरमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते
सुर्खेत,२८ पाैष ।
सुर्खेतमा मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ६ आँखा अस्पतालबाट घण्टाघर तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलले पैदल यात्री वीरेन्द्रनगर नगरपालिका १२ बस्ने ५० वर्षकी भुमिसरा पराजुलीलाई विहिवार विहान अन्दाजी साढे ११ बजेको समयमा ठक्कर दिएको हो ।
घाईते पराजुलीको मुख, ढाड र कोखामा चोट लागी लागेको र उनको हाल देउती अस्पताल सुर्खेतमा उपचार भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चालक भने फरार रहेको र उनको खोजकार्य भईरेहको प्रहरीले जनाएको छ ।