यी हुन् सात प्रदेशका सात मुख्यमन्त्री

काठमाडौँ,२८ पाैष  ।

मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भईसकेका छन  । बिहीबारसम्ममा सातै प्रदेशमा मुख्यमन्त्रीले नियुक्तिसँगै विश्वासको मत लिने क्रम सुरु भएको छ ।

नवनियुक्त मुख्यमन्त्रीमा प्रदेश एक मा नेकपा(एमाले)का संसदीय दलका नेता हिक्मत कार्की, मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता सरोजकुमार यादव, बागमती प्रदेशमा नेकपा(माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशमा नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी , लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता लीला गिरी, कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन्र  ।

नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको बहुमत सदस्यको समर्थनसहित दाबी प्रस्तुत गरि  सातै जना मुख्यमन्त्री बनेका हुन ।  । नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), जनता समाजवादी केन्द्र (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले संयुक्त रूपमा बहुमत दाबीसहित सरकार गठन गर्ने भएको छ ।

गाेरखापत्र 

यी हुन् सात प्रदेशका सात मुख्यमन्त्री

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

यी हुन् सात प्रदेशका सात मुख्यमन्त्री

ब्राण्ड स्टाेरी : कालिकोटमा माछा पाल्दै मोहन

Leave a comment

Your email address will not be published. Required fields are marked *