दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

दाङ,२८ पाैष ।

दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। थप दुई जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. १० जलौराका १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो।

उपचारका क्रममा उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति १ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। सोही ठाउँका मोटरसाइकल चालक १९ वर्षीय मंगल चौधरी र २३ वर्षीय ऋषिराज चौधरीको अवस्था गम्भीर छ। उनीहरू दुबै जनालाई राति ३ बजेतिर थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।

मध्यराति साढे १२ बजेतिर घोराही–११ अवलडाँडाबाट वडा नं. १० नारायणपुरतर्फ आउँदै गरेको रा ४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि झन्डै १५ मिटर तल खेतमा पुगेको थियो। जिल्ला प्रहरी प्रवक्ता गौतमले तीनै जनाले मदिरा सेवन गरेको र चालकसँग सवारी चालक अनुमति पत्र समेत फेला नपरेको जानकारी दिए।

सेताेपाटी 

दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

YUGAAWHAN NATIONAL DAILY (2079-09-28)

दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

टि–२० क्रिकेट लिग फिक्सिङः अन्तिम चरणमा सिआइबीको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!