गणेशजल सहकारीको ११ औं साधारणसभा 

यमुना गौतम

सुर्खेत,२७ पौष ।

गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर सुर्खेतको ११ औं बार्षिक साधारण सभा बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । करिव एक दशक अगाडि साविक लाटीकोइली गाविस वडा नं. ६ को पातलगंगाबाट २६ जनाले मासिक ५० रुपैयाँको बचतबाट सहकारी स्थापना भएको थियो । सहकारी संस्थामा हाल करिव ६ हजार ६ सय २३ जना भन्दा बढी सेयर सदस्यहरु रहेका छन् ।

करिब ४१ करोड पूँजी सङ्कलन गरी संचालनको छोटो समयमै कर्णाली प्रदेशकै नमुना र उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको छ । सेयर सदस्यहरुलाई व्यवसायमा संलग्न गराई सदस्यहरुकै आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्ने र कमजोर वर्गको आर्थिक तथा सामाजिक उत्थान गर्ने, साना उत्पादकलाई व्यावसायी बनाउने, स्वरोजगारी र रोजगारी सृजना गरी आय आर्जनमा सहयोग पुराएको सहकारीका अध्यक्ष प्रेम कुमार वि.सीले जानकारी दिए ।

कूल पूँजी ४० करोड ४८ लाख ७० हजार २ सय ५४ रुपैयाँ, जगेडा कोषमा करिव ६० लाख ३४ हजार १ सय ७६ रहेको जनाइएको छ । सहकारीले चालु आर्थिक बर्षमा करिव १७ करोड ७७ लाख ६४ हजार ८ सय ८ रुपैयाँ बचत संकलन गरी ३६ करोड ५ लाख ९० हजार ६ सय ७८ रुपैयाँ कर्जा लगानी गर्न सफल भएको जनाइएको छ ।

बार्षिक साधारणसभामा सहकारीका अध्यक्ष प्रेम कुमार बिसीले प्रगति प्रतिवेदन, सहकारीका कोषाध्यक्ष राम बहादुर थापाले आर्थिक प्रतिवेदन, सचिव अशोक राजीले प्रगति समिक्षा तथा प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । वित्तीय सुचाङ्कको हिसाबले यो वर्ष संस्था विगतका वर्षहरुभन्दा निकै उत्कृष्ट भएको जनाइएको छ ।

पश्चिम नेपालको उत्कृष्ट सहकारी संस्थाको रुपमा सहयोग गर्ने स्थानीय निकायहरु, सहकारी विभाग, नेपाल बहुउदेश्यीय केन्द्रिय संघ, अन्य उपसमिति लगायत सम्पूर्णलाई विषेश धन्यवाद दिईएको छ । सहकारीका अध्यक्ष प्रेम कुमार वि.सी.को अध्यक्षता तथा वीरेन्द्रनगरनगर पालिकाका उपप्रमुख निलकण्ठ खनाल र जिल्ला बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष शान्ती सिंहको विशेष आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

गणेशजल सहकारीको ११ औं साधारणसभा 

को हुन् कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ?

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!