सल्यान पश्चिमको मिसन ग्रासरुट कार्यक्रम सम्पन्न

दुर्गा विसि

सल्यान,२६ फागुन ।

नेकपा एमाले बनगाड कुपिण्डे नगरपालिकाको सल्लिवजारमा आयोजित मिसन ग्रास रुट कार्यक्रम नेताहरुले सम्वोधन गरेका छन्।ग्रास रुट कार्यक्रम नेकपा एमाले केन्द्रीय सदस्य धिर वहादुर वमले पार्टी पुनर्निर्माण र पुर्णर जागरणका लागि अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम भएको बताए ।

ग्रामीण क्षेत्रमा पार्टी वलियो नभए माथिल्लो निकाय त्यसै कमजोर हुने भएकोले धरातल निकै वलियो वनाउनुपर्ने कुरामा जोडदिएका थिए  ।वडा वडा हुदै टोल वस्तिमा समेत यो कार्यक्रम पुर्‍याउन उनको स्थानीय नेता कार्यकर्तालाई जोड रहेको थियोे ।

नेकपा एमालेले यतिखेर केन्द्रीय सर्कुलर केन्द्र पार्टी अध्यक्ष केपि वलिको योजना अनुरुप देशभर नै मिसन ग्रारुट सञ्चालन भैरहेको छ ।केन्द्रीय नेतृत्व नै स्थानीय तहमा पुगेर कार्यकर्तालाई प्रशिक्षण पार्ने काम भैरहेको छ ।त्यसै गरि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गोविन्द कुमार पुनले पार्टी राम्रो वनाउनलाइ सबै ईमानदार भएर दत्तचित्तका साथ लाग्न आग्रह गरेका छन्र ।

एमालेले मात्रै यो देशको सम्वृद्दिमा इट्टा थप्न सक्छ ।अरु सबैका फगत कुरा हुन ।एमाले नेतृत्वसँग मात्रै त्यो ल्याकत तागत रहेको स्पष्ट पारे  ।कुनैको भुलभुलैयामा नपरि दृढताका साथ पार्टी निर्माणकार्यमा जुट्न नेता पुनको भनाइ रहेको थियोे ।

जिल्ला कमिटी सदस्य दिपवहादुर खड्का,विजय नेपाली,विनायक केसि,आषा वलि लगाएतका नेताहरुले सम्वोधन गरेका थिए ।नगर कमिटी अध्यक्ष गञ्जमान वुढाको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेश वलिले गरेका थिए ।

सुर्खेतमा होटलको पिङबाट खसेर एकको मृत्यु, दुई

सल्यान पश्चिमको मिसन ग्रासरुट कार्यक्रम सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2079-11-26)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!