सुर्खेतमा होटलको पिङबाट खसेर एकको मृत्यु, दुई घाइते

सुर्खेत,२५ फागुन ।

सुर्खेतमा होटलको फलामे पिङबाट खसेर एक महिलाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेकी छन् । उनी केही दिनअघि सुर्खेत आफन्तकहाँ आएकी थिइन् । उनीसँगै पिङ खेलिरहेका दुई जना घाइते भएका छन्।

तीन जना सँगै बसेर पिङ खेल्न लागेको बेला डोरी चुँडिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए । घाइते हुनेमा वीरेन्द्रनगर–३ का २६ वर्षीया प्रतिमा गदाल र उनका २ वर्षीका छोरा छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित जिरो ड्याम नजिकै रहेको काँक्रेबिहार फनपार्क एन्ड रिसोर्ट प्रालिको फलामे पिङबाट उनीहरू खसेका थिए । घटनाबारे होटलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी शाहीले जानकारी दिए।

कान्तिपुर

सुर्खेतमा होटलको पिङबाट खसेर एकको मृत्यु, दुई घाइते

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति

सुर्खेतमा होटलको पिङबाट खसेर एकको मृत्यु, दुई घाइते

सल्यान पश्चिमको मिसन ग्रासरुट कार्यक्रम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *