बाँझकोट स्वास्थ्य चौकीबाट ग्रामिण अल्ट्रासाउन्डको शुभारम्भ

दुर्गा विसि

सल्यान,२५ फागुन ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा,५ रहेको बाँझकोट स्वास्थ्य चौकीबाट ग्रामिण अल्ट्रासाउन्डको उद्घाटन गरिएको छ ।बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्ण वहादुर वुढाथोकिले उपकरणको उद्घाटन गरेका छन्  । ग्रामीण अल्ट्रासाउन्ड उपकरण स्वास्थ्य संस्थामा कार्यरत अनमि अस्मिता विसिलाइ हस्तान्तरण गरिएको छ ।

उपकरणको माध्यमबाट घरघर गाउँमै पुगेर उक्त उपकरणबाट गर्भवती महिलाहरुको परिक्षण गर्न सकिन्छ । उपकरणमा जानकार अनमि अस्मिता विसिले नवजात शिशुमृत्युुदर र मातृ आमालाइ सुरक्षित राख्न यसले निकै महत्त्वपूर्ण योगदान पुर्‍याउने उदेश्य लिएको जनाइन  ।

नगरकै पहिलो बाँझकोट स्वास्थ्य चौकीबाट यो निशुल्क रुपमा सेवा लिन सकिने जनाएको छ । गर्भवती महिलाहरुले अब भिडियो एक्सरे गर्नेकै लागि सुर्खेत नेपालगञ्ज जानु पर्दैन ।सामान्य चेकजाँचकै लागि धेरै टाढा जानुपर्ने झन्झट हटेको छ ।

यो सेवालाई अझै विस्तामुखि र सर्वसुलभ गराउने कुरामा नगरपालिका सधैं तत्तपर रहने कुरा प्रमुख प्रशाकिय अधिकृत गजत वहादुर घर्तीद्वारा प्रतीबद्ता जाहेर  गरे ।कार्यक्रमका विशिष्ट अतिथि नगर उप प्रमुख पुरुषत्तोम आचार्यले करिव २५ देखि ३० लाख लागत पर्ने भिडियो एक्सरे मेसिन उपलब्ध गराउने निकायलाई विशेष धन्यवाद व्यक्त गरेका छन  ।

त्यसै गरि उद्घाटन समारोहका प्रमुख अतिथि नगर प्रमुख कर्ण वहादुर वुढाथोकिले ग्रामीण क्षेत्रमा अब भिडियो एक्सरे मार्फत सेवा सञ्चालन गर्न लागिएको उद्घघोष गरे  ।अन्य विकास भन्दा शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता हाम्रो नजरमा परेकाले आज यो सेवा सुरुवात हुदै गरेको वताए  ।

साथै अब यस्तै अन्य स्वास्थ्य चौकीहरुमा समेत सेवा विस्तार गर्ने उहाँको दावि छ ।स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा अध्यक्ष पिउपर खत्रीको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्चार्ज विरेन्द्र केसिले गरेका थिए ।

बाँझकोट स्वास्थ्य चौकीबाट ग्रामिण अल्ट्रासाउन्डको शुभारम्भ

सामाजसेवि शाह माथि दुर्ववहार गरेको भन्दै प्रहरी

बाँझकोट स्वास्थ्य चौकीबाट ग्रामिण अल्ट्रासाउन्डको शुभारम्भ

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति

Leave a comment

Your email address will not be published. Required fields are marked *