सामाजसेवि शाह माथि दुर्ववहार गरेको भन्दै प्रहरी निरीक्षक को पुतला जलाईयो 

मोहन सिंह

जाजरकोट,२५ फागुन ।

भेरी नगरपालिका वडा नम्बर ३ का युवा बिश्वविक्रम शाह लाई लगाएत सर्वसाधारण लाई गत २२  गते आफ्नो शाहका भाइ लाई उपचार गरिरहेको अवस्थामा प्रहरीले एकासी आएर अन्धाधुन्ध लठ्ठी चार्ज गरेको थियाे  ।  गिरफ्तार गरि जिप्राका लगि थप यातना दिएको भन्दै सदरमुकाममा विभिन्न दल ,संघसंस्था लगायत ले शाह को न्याय को लागी २२  गते विरुद्ध स्वरुप बजार परिक्रमा गरि जिल्ला प्रशासनमा गएर धर्ना दिदै नागरिक अगुवा राजेन्द्र शाह को नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

त्यस्तै आज स्थानीय युवा हरु ले ठाटीमा मसाल जुलुस निकाल्दै दुर्ववहारमा संगलगन प्रहरी निरीक्षक सुनिल थापा नेपाली को पुत्ला दहन गरिएको छ । सयौं युवाहरुको उपस्थितमा भएको उक्त मसला जुलुसलाई कोण सभा गरि समापन गरिइएको थियो ।  सभा कोणमा बोल्दै स्थानीय युवा दिनेश गौतम ले सधै न्याय को पक्षमा उभिने युवा समाजसेवी शाह लाई गरिएको दुर्ववहारले जाजरकोटि युवाहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

गुन्डागर्दी शैलीमा प्रस्तुत भएका प्रहरी निरीक्षक लाई कार्वाही गर्न माग गरिएको छ१ त्यस्तै अर्का स्थानीय युवा अनिश कुमार कार्की ले बोल्दै प्रहरी को ज्यादती विरुद्ध खेत प्रकट गरेका छन १ प्रहरीले युवाहरुमा पटकपटक गरिएको घृणित दुरव्यवहारले सिमा नागेको र अब युवाहरुले नसहने बताएका छन ।

सामाजसेवि शाह माथि दुर्ववहार गरेको भन्दै प्रहरी निरीक्षक को पुतला जलाईयो 

YUGAAWHAN NATIONAL DAILY (2079-11-25)

Leave a comment

Your email address will not be published. Required fields are marked *