१६औं एशियन क्रस कन्ट्रि च्याम्पेन्सिपमा कर्णालीको बर्चस्व

सुर्खेत,२४ फागुन  ।

नेपाल एथ्लेटिक्स एशोसियन संघको आयोजनामा मंगलवार काठमाडौं गार्कण स्थित गोर्खा फोरेष्ट रिसोर्टमा संचाल हुन लागेको १६ औं एशियन क्रस कन्ट्रि च्याम्पेन्सिपमा नेपालको तर्फबाट सहभागि हुने खेलाडीहरुमा कर्णाली प्रदेशको बर्चस्व रहेको छ ।

नेपालको तर्फबाट सहभागि हुने २० जना खेलाडीहरु मध्ये सिनियर र २० बर्ष मुनिका खेलाडीहरुमा कर्णाली प्रदेशको तर्फबाट मात्रै ९ जनाको सहभागिता रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचवि एवं १६औं एशियन क्रस कन्ट्रि च्याम्पेन्सिपका सल्लाहकार विश्वामित्र संज्यालले जानकारी दिए ।

‘क्रस कन्ट्रि च्याम्पेन्सिपमा नेपालको प्रतिनिधित्व गर्दै कर्णाली प्रदेशबाट मात्रै ४५ प्रतिशतले सहभागिता जनाउनु कर्णाली प्रदेशको लागि गौरबको विषय हो,’ ‘संज्यालले भने,’ ‘यो पटकको कर्णालीको उत्साह जनक सहभागिताले खेल क्षेत्रमा कर्णालीको गौरव बढेको छ ।’

मंगलवार विहान साडे १० बजे शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले गर्ने नेपाल एथलेटिक्स संघका केन्द्रीय सचिव आर।के। विष्टले बताए । सचिव विष्टका अनुसार उक्त प्रतियोगितामा ११ देशले सहभागिता जनाउदै छन् ।

सहभागि हुने देशहरुमा बङ्गालादेश, चाइनेज ताइपाइ, हङकङ, ईन्डिया, ईरान, जापान, माल्दिप्स, नेपाल, काजिस्थान, पाकिस्तान र थाइल्यान्ड रहेका छन् ।

सबै देशको सिनियर नेश्नल टिम महिला पुरुष दुबै १० किलोमिटर दौड पार गर्नु पर्ने छ । नेपालको तर्फबाट २० बर्ष मुनि केटा तर्फ ८ किलोमीटरमो ५ जनाले सहभागिता जनाउने भएका छन् । त्यस्तै ६ किलोमीटर २० बर्ष मुनि केटि तर्फ पनि ५ जनाले सहभागिता जनाउने छन् ।

२० बर्ष मुनिको प्रतियोगितामा नेपालको तर्फबाट सहभागि हुने खेलाडी सबै कर्णाली प्रदेशका रहेको नेपाल एथलेटिक्स संघले जानकारी दिएको छ । उक्त प्रतियोगिताको लागत अनुमान भने करिब ३ करोड रहेको नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाहाले जानकारी दिए ।

लगनशिल ‘छोरीबुहारी’लाई सहयोग

१६औं एशियन क्रस कन्ट्रि च्याम्पेन्सिपमा कर्णालीको बर्चस्व

YUGAAWHAN NATIONAL DAILY (2079-11-25)

Leave a comment

Your email address will not be published. Required fields are marked *