होलीको उमंग :  वीरेन्द्रनगरको मुहारमा हरियो रंङ्ग

पुनम वि.सी.
सुर्खेत, २४ फागुन ।

सोमबार विहानै वीरेन्द्रनगर स्थित मंगलगढी चोकमा विद्यार्थी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकको जमघट भयो । यो समुहले रत्न राजमार्गको धुलियाविट देखि बांगेसिमलसम्मको सडकखण्डमा वृक्षारोपण ग¥र्यो । यसअघि हुर्कदै गरेका बोटविरुवामा गोडमेल समेत गरियो, अभियान थियो, ‘क्लिन एण्ड ग्रिन सुर्खेत ।’

वीरेन्द्र्रनगर प्रवेशसँगै यस सडक खण्डमा बोट विरुवा हुर्काउदा यसले शहरको सौन्दर्यलाई बढाइदिने अभियान्ताहरुको भनाई छ । फागुन शुक्ल पूर्णिमाका दिन सोमबार वीरेन्द्रनगरमा आयोजित सो कार्यक्रममा वृक्षारोपण तथा सरसफाईका लागि आईपुगेका स्वयम्सेवीहरु एकअर्का माझ हरियो रंग दलेर फागु पूर्णिमा अर्थात् होली पर्व मनाएका समेत छन् ।

‘हरियाली होली’ नाम दिईएको यो कार्यक्रममा विषेशगरी वीरेन्द्रनगर स्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रमुख सहभागिता थियो । बालबालिकालाई प्रकृति संरक्षण तर्फ सहभागी गराउदै सुन्दर वीरेन्द्रनगर निर्माण गर्नु नै अभियानको उदेश्य हो ।

‘क्लिन एण्ड ग्रिन सुर्खेत अभियान’का अभियान्ता डा. नवराज केसीले भने, ‘शहरीकरणसँगै वीरेन्द्रनगरमा फोहोरका कारण रोग संक्रमण जोखिम समेत बढेको छ । यस अवस्थामा अभियानले बालबालिकाहरुलाई सरसफाई तथा वृक्षारोपण तर्फ अग्रसर गराईरहेको छ । यस अभियानमा अहिले ४० देखि ५० वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरु जोडिएका छन् ।’

यसअघि रत्न राजमार्गको सडक खण्डमा रोपिएका विरुवाहरु सुक्न समेत थालेका थिए । यसै समयमा अभियानले हरियाली होली कार्यक्रमको आयोजना गरेको हो । हामीले यो सडक अर्थात् सुर्खेतलाई कुन रंङ्ग दल्ने भन्ने हो ? हामीले आउने पुस्तालाई प्रेरणा दिने गरी सुर्खेतको अनुहारमा हरियो रंङ्ग अर्थात हरियाली बनाउने हाम्रो योजना हो’, डा. केसीले भने, ‘सुर्खेतमा जति पनि मानिसहरु आउनुहुन्छ ।

सबैभन्दा पहिला हेर्ने भनेको मुख्य सडक हो । अर्थात् सुर्खेतको मुहार यही हाइवे बन्दै गएको छ । मुख्य आकर्षणको केन्द्रमा रोपिएका बिरुवाहरु संरक्षणको अभावले सुक्दै गएका थिए । त्यसैले होलीमा हामीले हरियो रंङ्ग प्रयोग गर्यौँ ।’

विद्यार्थी, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको उक्त कार्यक्रमको मुख्य उद्देश्य बोटविरुवाको संरक्षण गरेर सुर्खेतको मुहारमा हरियो रंग दल्नु रहेको डाक्टर केसीले जानकारी दिए ।यसैगरी वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

होलीको उमंग :  वीरेन्द्रनगरको मुहारमा हरियो रंङ्ग

YUGAAWHAN NATIONAL DAILY (2079-11-24)

लगनशिल ‘छोरीबुहारी’लाई सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *