वीरेन्द्रनगरमा नगर वस कहिले चल्ने ?

पृथ्वीबहादुर सिंह । विश्वको पहिलो सम्राज्य मुलुक बेलायतले मानिसको सट्टा मेशीनले सामाग्री उत्पादन गर्न थाल्यो । ती सामाग्री विश्वका विभिन्न मुलुकहरुमा लैजान पानीजहाज र रेलको पनि निर्माण भयो । व्यापारको निहुँमा विभिन्न मुलुक जान र ति देशहरुलाई आफ्नो उपनिवेश बनाउन हतियार राईफल निर्माण गर्‍यो । सैनिक आक्रमण गरि सत्ता लिएर विश्वका साना ठुला मुलुकहरुमा सामा्रज्य खडा गर्‍यो । हाम्रै छिमेकी भारत वर्षमा छरिएर रहेका ६ सय ८० साना राज्यहरु अंग्रेजले एकिकरण गरेर विशाल हिन्दुस्थान बनाउन पुगेको हो । नेपालको पूर्व पश्चिम दक्षिण धेरै भूभाग वर्षमा विजयी गरेर मिलाइएको इतिहास साँक्षी छ । मेशिनबाट उत्पादित सामान छिटो बिक्रि स्थल मार्ग पुर्‍याउन भारत वर्षभरि रेलको लिक बिछायो । हाम्रो नेपालको हाट बजार नुन देखि ऊनसम्म उत्तरको तिब्बतसँग व्यापार थियो । त्यो व्यापार आफ्नोतिर बनाउन दक्षिण नेपालको सिमानासम्म रेलको लिक बिछाएको र नुन कपडा अन्य आवश्यक सामान पाउने बनाउँदा हाम्रो बजार उत्तरबाट दक्षिण फर्कन गएको हो ।

एक सय चार वर्ष निरङ्कुश दरबारिया राणाहरुले आफ्नो नेपालमा कुनै यातायात निर्माण नगरी अंग्रेजले मेशिनबाट बनाएको सामान आयात गरि अंग्रेजी साम्राज्यको इमान्दार दलाल सत्ता नेपाली माथि चलाएका थिए । युवालाई अंग्रेजका उपनिवेश सुरक्षा गर्न गोरखा रेजिमेन्ट खोलेर विरलाई बहादुर बनाएर अंग्रेजको प्रिय पात्र बने राणा शासकहरु । अहिले आएर युरोप अमेरिका राष्ट्रहरुमा यातायातका सरकारी प्राइभेट सञ्जाल द्रुत गतिमा हिड्ने, समय सदुपयोग र नागरिक सुविधाको लागि सरल नीति नियम बनाउन पुगेका छन् । निरङ्कुश सामन्ती शासकहरुले आफ्नो उपयोगको लागि राज्य खर्चमा यातायात साधन उड्ने देखि गुड्ने प्रयोग गरे तर जनता सुविधाको कहिल्यै ख्याल गरेनन् ।

ई.सं. १९९० सम्म देशका विभिन्न भागमा कति कठोर जीवन पैदल भारी बोकेर नेपालीले गुजार्नु पर्‍यो । राजा विस्णु भगवानको अंश हो भनेर पुज्नु पर्ने उसको विरुद्ध बोल्ने जुनसुकै व्यक्ति पनि जेलनेल कालकोठरीको यात्रा देखि मृत्यु दण्ड भोग्नु पर्ने वाक स्वतन्त्रतामा बन्देज गरिएको थियो । देशको विभिन्न भागमा जहाँ सडक बनेका छिमेकी मुलुक भारत र चिनको सहयोग केहीँ यातायात चलेका थिए । नेपालको सुर्खेत रत्न राजमार्ग बाहेक अन्य सडक बनाइएको पाइदैँन । केहीँ बनाए पनि राजाको नजिकको समान्त नातेदार मन्त्री हुनेहरु जिल्लाहरु सडक संञ्जाल बनाएको पाईन्छ । दलालहरुको झुण्डोले खुट्टा उठाएर लम्पसार परेर ढोग्नेहरुको तथास्तु भनि उपहार स्वरुप सुविधा पाए । आम जनता हरेक रोक, भोक, शोक यातायात सपनामा समेत सोच्न सकेनन् । जति राज्यको ढुकुटी सम्बोधनमा योजना विकास घोषणा गरियो । मेरो देशमा निरङ्कुश सामान्तवाद विगविगी भएको समय विश्वका विकसित मुलुकहरु बहुदलिय प्रजातन्त्र लोकतन्त्र गणतन्त्र स्थापना गरेर शिक्षा स्वास्थ्य रोजगारीको ग्यारेन्टी गरी यातायात विकास गरी अगाडी बढि रहेका थिए ।

हाम्रो छिमेकी चिन र भारत पनि गणतान्त्रिक राष्ट्र भएर द्रुत विकास गतिमा अगाडि बढिरहेको थिए । मेरो देशमा सात दशकसम्म निरङ्कुश सामान्तका गढपर्खाल भत्काउन शहिदले आहुती दिइरहेका थिए । २०४६ सालमा प्रजातन्त्र, गणतन्त्र बाजा बजाउने पार्टी समुह जनआन्दोलनमा एकस्थानमा आएपछि पहिलो आन्दोलनमा राज्य झुक्न बाध्य भएर दल माथि प्रतिबद्ध फुकुवा गरे । २०४८ सालमा संसदको निर्वाचन भयो । जनताको सरकार बनेपछि देशका विभिन्न भागमा सडकहरु बन्न सुरु भएको हो । आज आएर देशका सबै जिल्लाहरुमा यातायात जोडिन पुगेको छ । गाँउगाँउमा कच्ची सडक सञ्जाल पुगेको छ । मानिसले सडक खन्नेकाम डोजरले गरिरहेको छ । चेतना पनि दिनप्रति अभिव्यक्त स्वतन्त्रताले वृद्धि भैरहेको छ । देशका विभिन्न छापा र विद्युत सञ्चारहरु धमाधम खुली रहेका छन् ।

तर यातायात निर्माण कहि भागमा भएपनि प्रायः भागमा हुन सकिरहेका छैनन् । संसार विकसित राष्ट्रहरुमा सरकारी, गैर सरकारी यातायात साधन संञ्चालन गरि ठिक समय यात्रुपनि रुल रेगुलेशनमा चलाई रहेका छन् । खलासी समेत हुदैनन् । युरोपका केही मुलुक दुई-दुई मिनेट अन्तरमा यातायातका साधन संञ्चालन हुन्छन् । कम्प्युटरले टिकट काट्ने सिस्टम हुन्छ, रेल वा बसको । मानिस पार गर्ने स्थानमा गाडीहरु आएर रोकिन्छन् । रातो हरिया बत्ती बालेर संकेत गर्दछ । यात्रुले टिकट काटेन कि, बढि भाडा लियो कि, भनि लामो रुटमा हिड्ने रेल बस चेक गर्ने काम हाम्रै छिमेकी मुलुक भारतले गर्दछ । सरकारका सरकारी बस गाँउ शहरमा चलिरहन्छन् । प्राइभेट साधनहरुले तिनैसँग प्रतिस्पर्धा गर्दा भाडा समेत सरकारी भन्दा कममा लैजान्छ ।

हाम्रो देशको काठमाण्डौँ बाहेक अन्य स्थानमा कमै मात्रामा सरकारी बस चलेका छन् । काठमाण्डौँ चल्ने प्राय सबै ठुला यातायातमा वृद्ध, अपाङ्ग, विद्यार्थी छुट दिन्छ । यही नेपालगञ्जमा चल्ने प्राइभेट बस समेत छुट दिएका छन् । संसारका विकसित मुलुकको कुरा छोडौ हाम्रौ कर्णाली प्रदेश रुकुम पश्चिम चौरजहारी नगरपालिकाले समेत आफ्नै बस चलाएको छ । बृद्ध, अपाङ्ग र विद्यार्थीलाई भाडा ५०% छुट दिइरहेको छ । सदरमुकाम मुसीकोट सम्म चौरजहारी न.पा.का व्यक्तिलाई त्यो छ्ुट दिएको छ ।

हाम्रो विरेन्द्रनगर नगरपालिका उपनगरपालिका हुने तरखरमा छ । कर्णाली प्रदेशको राजधानी घोषणा पछि दिनप्रति दिन बस्ती सँगै जनसंख्या बढ्ने क्रममा छ । तर यहाँका प्राईभेट यातायातबाट महंगीले ढाड सेकिएको छ । नगर बस चल्न सम्भावना छ । तर एउटा नगर बस पनि छैन । के हेरेर बसेको होला निर्वाचित प्रतिनिधीहरु । यही कारणले नगरमा दुर्घटनाको चाप बढेको छ । चोक चोकमा ट्राफिक उपस्थिती बत्ति संकेत पनि छैन । मानिसले सडक पार गर्ने स्थानमा यातायात नरोकी चल्छन् । पैदल सडक पनि छैन । यात्रीले अनेकौ समस्या भोग्नु परिरहेको छ । वृद्धवृद्धा दुर्घटना पर्ने जोखिम बढेको छ । यो स्तम्भकार अनुरोध गर्दछ, कम्तीमा ४-५ वटा नगर बस नगरपालिकाले सञ्चालन गरेर जनताले तिरेको करको सुविधा दिनुपर्छ । सम्बन्धित निकायको यातायातमा ध्यान भए यात्रीहरुले धन्यवाद दिन्थे, फेरी पनि यस्ता जनभावना भएका जनप्रतिनिधी निर्वाचनमा विजयी बनाउने चाहना बढ्थ्यो । खाली जितेर ठुलो प्रतिनिधि भएर आडम्वर झल्काएर मात्र केही हुनेवाला छैन । जन प्रतिनिधीमा चेतना भया ।

विद्यालय कर्मचारीलाई न्याय देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *