खड्का परिवारप्रति समवेदना प्रकट गर्न प्रधानमन्त्री सुर्खेतमा

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको परिवारलाई समवेदना दिन सुर्खेत पुगेका छन् ।

खप्तड आध्यात्मिक सम्मेलनमा भाग लिन हिँडेका प्रचण्ड सुर्खेत ओर्लिएर खड्का निवास पुगेका हुन् । प्रचण्डको साथमा उपप्रधान तथा रक्षामन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउँद र नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि छन् ।

५३ वर्षीया सञ्जु खाती खड्काको १७ जेठमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

खड्का परिवारप्रति समवेदना प्रकट गर्न प्रधानमन्त्री सुर्खेतमा

वीरेन्द्रनगरमा नगर वस कहिले चल्ने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *