वीरेन्द्रनगर जुनियर जेसीजको अध्यक्षमा रूप बहादुर बुढा क्षेत्री

सावित्रा उपाध्याय
सुर्खेत,२० फागुन ।
वीरेन्द्रनगर जुनियर जेसीजको अध्यक्षमा रूप बहादुर बुढा क्षेत्री निर्वाचित भएका छन् । शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट वर्ष २०२३ का लागि बुढाको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरिएको हो ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा जीवन प्रसाद जैशी र सुवास शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा आरती जि सी, सावित्री भट्टराई ,अग्रीम बुढार बिमल जैशी रहेकाे २०२२ का अध्यक्ष भावुक रिजालले बताएका छन् ।






