जनशक्तिको अभाव हुँदा उपचारमा समस्या

दैलेख,२० फागुन ।

दैलेखको आठबीस नगरपालिकाको आधारभूत अस्पताल राकम कर्णालीमा जनशक्ति चरम अभाव देखिएको छ । राकम कर्णाली आधाभूत अस्पतालमा २३ जनाको दरबन्दी हुनुपर्नेमा हाल ९ जना मात्रै कार्यरत रहेका छन् । दरबन्दीअनुसारको कर्मचारी नहुँदा आधारभूत अस्पतालको सेवा प्रवाहमा समस्या भएको नगरपालिकाका स्वास्थ्य शाखाका निमित्त स्वास्थ्य संयोजक करण माझीले जानकारी दिए ।

‘दुर्गम भेगको एक मात्र आधारभूत स्वास्थ्य अस्पतालमा जनशक्ति अभावले अप्रेसन, पोष्टमार्टम, शल्यक्रियालगायतका सेवामा असर परेको छ,’ उनले भने, ‘नगरपालिकाभित्रका अन्य ९ स्वास्थ्य संस्थाहरुमा पनि जनशक्ति अभाव छ ।’ कर्मचारी अभावसँगै अहिले कार्यरत कर्मचारीलाई अस्पताल क्षेत्रमा क्वार्टरको व्यवस्थापन नभएकोले चौबिसै घण्टा इमर्जेन्सी सेवा सञ्चालन गर्न पनि समस्या रहेको निमित्त स्वास्थ्य संयोजक माझीले बताए ।

अस्पतालमा अक्सिजन प्लान्ट, विशेषज्ञ सेवा, ओटी सेवाजस्ता सम्पूर्ण सेवाका लागि जनशक्ति अभाव देखिएको रहेको अस्पतालले नजाएको छ । जनशक्ति अभावका कारणले अस्पतालबाट प्रवाह हुने सबै सेवा दिन नसकिएको निमिक्त स्वास्थ्य संयोजक माझीले बताए ।‘हामीले जनशक्ति अभावका अस्पतालमा भएका उपकरण समेत चलाउन पाएका छैनौं,’ उनले भने,‘सबै सेवा सुविधा हामीले सञ्चालनमा ल्याउन सकेका छैनौं ।’

अस्पतालमा जनशक्ति अभाव देखिएको जनशक्ति पदपूर्ति गर्ने लोकसेवा आयोगलाई जानकारी गराइएको र नगरपालिकाले केही करारमा जनशक्ति राख्न लागेको नगरपालिका उपप्रमुख कल्पना थापाले बताइन् । ‘जनशक्ति अभाव छ । त्यसले गर्दा सेवा प्रवाहमा समस्या आएको छ,’ उनले भनिन्, ‘जनशक्ति अभावलाई कसरी पूर्ति गर्ने भन्ने अहिले नगरपालिकाले छलफल गरिरहेको छ ।’

२ सय कुकुरको बन्ध्याकरण

जनशक्तिको अभाव हुँदा उपचारमा समस्या

मंगलगढी–लाटीकोइली सडक लथालिङ्ग

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!