बुद्धिजिवी परिषद् समाजवादीको जिल्ला भेला

सुर्खेत, १७ चैत्र ।
नेपाल बुद्धिजिवि परिषद (समाजबादी) सुर्खेत जिल्लाको पहिलो भेला विहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेवुपका केन्द्रीय सदस्य एबं सुर्खेत जिल्ला इन्चार्ज बिष्णु प्रसाद गौतमको अध्यक्षता तथा नेकपा (एस) का केन्द्रीय सदस्य एबं सुर्खेत जिल्ला इन्चार्ज शिव प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

उक्त भेलाले आगामी ३ बर्षे कार्यकालका लागि मपविविका उप–प्राध्यापक एबं एकीकृत समाजवादी प्राध्यापक संघका केन्द्रीय सचिव निर्मल कुमार थापाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि निर्बाचित गरेको छ ।

उक्त कमिटिको उपाध्यक्षमा अधिवक्ता गीता कोइराला र पुष्कर सापकोटा, सचिवमा मीन बहादुर कार्की, सह–सचिवमा कविता सोडारी र उमाकान्त दाहालसहित १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

भेलामा नेकपा (एस) का केन्द्रीय सदस्य एबं सह–इन्चार्ज केदार कँडेल, नेबुपका केन्द्रीय सदस्य एबं कर्णाली प्रदेश सह– इन्चार्ज केशर सिंह माझी, केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सह–इन्चार्ज तारा प्रसाद पौडेल, केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज ललित कुमार थापा, नेकपा (एस) का प्रदेश कमिटि सदस्य एबं वीरेन्द्रनगर इन्चार्ज खगेन्द्र पोखरेल, पार्टीका जिल्ला अध्यक्ष मोहन बडुवाल, जिल्ला कमिटि सदस्य खड्ग वहादुर के.सी. समेतको उपस्थिति रहेको थियो ।

बुद्धिजिवी परिषद् समाजवादीको जिल्ला भेला

माओवादीको चिङ्गाडमा कार्यकर्ता भेला

बुद्धिजिवी परिषद् समाजवादीको जिल्ला भेला

सार्वजनिक सवारीको भाडा बृद्धि गर्दै सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *