काँग्रेस गुर्भाकोटका कार्य सम्पादन समितिका सदस्य डाँगीद्धारा पार्टी परित्याग

दिलिप ढकाल
गुर्भाकोट । सुर्खेतको गुर्भाकोट नगरपालिकाका कार्य सम्पादन समितिका सदस्य भुपेन्द्रबहादुर डाँगीले पार्टी परित्याग गरेका छन् ।
उनले मनोनय दर्ताकै दिन पार्टी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका हुन ।

विगत २३ वर्षदेखि पार्टीमा सक्रिय उनी पार्टीका विभिन्न जिम्मेवारीमा रहँदै आएका थिए । तत्कालिन समयमा धारापानी गाविस हुँदा सभापतिको जिम्मेवारी समेत उनले सम्हालेका थिए ।
पूर्व सहमति अनुसार पार्टी चल्न नसकेको र पार्टी स्व–ईच्छ्याचारी ढंगले चलेको छ ,’उनले भने,‘ त्यही भएर मैले राजीनामा दिएको हो ।’

साथै उनले नगर सभापति, जिल्ला सभापति, प्रदेश सभापति लगायतले आफ्ना मान्छे हेरेर स्थानीय तहमा टिकट वितरण गरेको आरोप लगाए । पार्टीमा आफुले गरेको कामको उचित मुल्यांकन नभएको उनको ठम्याई थियो ।

 

काँग्रेस गुर्भाकोटका कार्य सम्पादन समितिका सदस्य डाँगीद्धारा पार्टी परित्याग

बाँफिकोटमा बादी मल्ल वडा सदस्यमा निर्विरोध

काँग्रेस गुर्भाकोटका कार्य सम्पादन समितिका सदस्य डाँगीद्धारा पार्टी परित्याग

रुकुम पश्चिम : बाँफिकोट गाउँपालिकाको अध्यक्ष पदका

Leave a comment

Your email address will not be published. Required fields are marked *