बाँफिकोटमा बादी मल्ल वडा सदस्यमा निर्विरोध

प्रचण्ड खत्री
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा बादी मल्ल वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
उनी माओवादी केन्द्रबाट वडा नं.–१ को वडा सदस्यका निर्वाचित भएका हुन ।नेपाली काङ्ग्रेसका वडा सदस्यका पुर्न चन्द माथी मल्लले दाबी विरोध गरेका र उनले पुष्टि गर्न नसकेपछि निर्वाचित भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर ओलीले जानकारी दिए ।
चन्द उपभोक्त समितिका सदस्य थिए । उनीमाथी बेरुजु रकम आएको अधिकृत ओलीको भनाई छ ।






