वीरेन्द्रनगरमा एमालेको घोषणापत्र: एक घर एक महिला स्वरोजगारदेखि छाडा पशु चौपायाको व्यवस्थापनसम्म (पुर्णपाठ)

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेको छ । आज बिहान पत्रकार सम्मेलन गर्दै उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो ।
घोषणा पत्रमा ‘एक घर एक महिला स्वरोजगार’, एक एक घर दुई विरुवा, हामी आफै कुरुवा’ जस्ता नाराहरु समेटिएका छन् भने नगर क्षेत्र भित्रका सडकहरुको स्तरोन्नती गरि नगरबस सञ्चालन गरिने उल्लेख गरिएको छ ।
यस्तै उपयुक्त स्थानमा विमानस्थलको सभ्याव्यवता अध्ययन गरिने पनि उल्लेख गरिएको छ ।
पुर्वाधार क्षेत्र तर्फ वीरेन्द्रनगरको खानेपानी तथा सरफाईको दीर्घकालिन समस्या समाधानका लागि सुर्खेत उपत्यकाको खानेपानी भेरी लिफ्ट योजना तीन बर्षमा सम्पन्न गरी नगरमा प्रयाप्त खानेपानीको व्यवस्था गरिने, सुब्बाकुना–फलाटेसम्मको सहायक राजमार्गको डिपिआर, वैकल्पिक बसपार्कको रुपमा सम्भाव्यता अध्ययन, प्रत्येक घरधुरीमा नम्बरिङग गर्दै मेट्रिक ठेगाना प्रणाली लागु गर्ने लगायतका कुराहरु प्रतिबद्धतामा समेटिएका छन् ।
सहालको सीटि बसपार्क विस्तार गर्ने, विद्युतिकरण हनु नसकेका ठाउँमा विद्युतिकरण गर्ने, हालको नगरपालिकालाई उपमहानगरपालिका बनाउँनका लागि आवश्यक स्रोत तथा भौतिक पूर्वाधारको विकास, वडाकै सिफारिसमा प्रत्येक वडामा नगर गौरवका पूर्वाधारमा योजना निर्माण गरिने, रत्न राजमार्गदेखि दक्षिणतर्फ क्षेत्रको बाटोको क्षेत्रधिकार तोकी सडक कालोपत्रे र स्तरोन्नति गर्ने बताइएको छ ।
यस्तो छ प्रतिबद्धता पत्रको पुर्णपाठ
Birendranagar-Municipality-Local-Level-Election-2079_For-Web






