खलंगा बजारको ढलको बिजोग

रूकुम पश्चिम,१२ मंसिर ।

रूकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका–१ खलंगा बजारको ढल बराहटाकुरास्थित टुँडिखेलमा असरल्ल परेको छ ।

दुईवर्ष अघि संघीय सहरी विकास कार्यालयले बजारभित्रको सडक र ढलको सुधार तथा व्यवस्थापनका लागि काम गरेपनि यो काम भने अधुरै छोडेको १ नं. वडा अध्यक्ष ज्ञानुचन्द्र चन्दले बताए । यो काम सम्पन्न नहुँदा परेको असरप्रति आफूहरू जानकार रहेको र नगरपालिकालाई अवगत गराएको अध्यक्ष चन्दको भनाइ छ ।

दुई वर्षदेखि यसरी नै बगिरहेको फोहोर पानीले खेल मैदान र पिपलनेटा जाने सडकलाई समेत असर गरेको स्थानीय कर्णबहादुर खड्काले गुनासो गरेका छन् । यस विषयमा नगरपालिकाले देखेपनि नदेखेझैं गरेको खड्काको आरोप छ ।

बर्खामा बजारको भल पनि यही भएर बग्ने गरेकाले झन् ठूलो असर गर्ने गरेको छ ।यो समस्या समाधानका लागि नगरपालिकाबाट प्रदेश सरकारमा अनुरोध गरेको यदि प्रदेशबाट समाधान नभए नगरले गर्ने वडाअध्यक्ष चन्दले जानकारी दिए ।

कान्तिपुर

खलंगा बजारको ढलको बिजोग

सुरक्षाकर्मीको स–सम्मान बिदाइ

खलंगा बजारको ढलको बिजोग

कर्णालीमा कसको नेतृत्वमा सरकार ?

Leave a comment

Your email address will not be published. Required fields are marked *