दाहाल र नेपालसँग प्रधानमन्त्री देउवाको छुट्टाछुटै छलफल

काठमाडौँ,१२ मंसिर ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिममा रहेको अवस्थामा पाँचदलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले नेताहरूबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

उनले दाहाल र नेपालसँग प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समग्र विषयमा र समसामयिक राजनीतिबारे छलफल गरेको बताए । पाँचदलीय गठबन्धनले निर्वाचनमा प्राप्त गरेको परिणामबारे मतगणनाको परिणाम आइसकेपछि समीक्षा गर्ने नेताहरूबीच कुराकानी भएको बताइएको छ ।

सोमबार बिहान मात्रै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए । उक्त भेटमा पौडेलले आफू प्रधानमन्त्रीको दाबेदार रहेकाले नेपाललाई सहयोग गर्न आग्रह गरेका थिए ।

नेपालले भने कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार तय भएर आए सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए । कोटेश्वरमा पौडेलसँग भेटेपछि नेपालले बालुवाटारमा देउवासँग छलफल गरेका हुन् ।

दाहाल र नेपालसँग प्रधानमन्त्री देउवाको छुट्टाछुटै छलफल

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

दाहाल र नेपालसँग प्रधानमन्त्री देउवाको छुट्टाछुटै छलफल

नेयमर फर्कने ब्राजिलको विश्वास

Leave a comment

Your email address will not be published. Required fields are marked *