बडाखोली आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

दिलिप ढकाल
गुर्भाकोट, १६ फागुन ।
गुर्भाकोट नगरपालिका वडा नं. ६ बडाखोलीमा आधारभूत स्वास्थ्य केन्द्र बडाखोलीको उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले रिबन काटेर उक्त आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।

पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकाका १४ वटै वडामा आधारभुत स्वास्थ्य केन्द्र सेवा विस्तार भएको मेयर हस्त पुनले जानकारी दिनुभयो । गुर्भाकोट नगरपालिकाले अहिले १४ वडामा ७ वटा आधारभुत स्वास्थ्य केन्द्र, ५ वटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।

साविकका गाविस अन्तर्गतका ६ वटा स्वास्थ्य चौकीका आफ्नै पक्की भवनसहित सञ्चालनमा रहेका छन् । नगरपालिकाको आर्थिक सहयोगमा बडाखोलीमा ४ कोठे आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन भएको गुर्भाकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनीराम जैसीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमको अध्यक्षता गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धनीराम जैसीले गर्नुभएको थियो । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनको प्रमुख आथित्यता, बिशेष अतिथि गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरी, वडा नम्बर ७ का वडा अध्यक्ष बिर्ख नेपाली, ६ नम्बर वडाका सदस्यहरु, ६ नम्बर वडाका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा उक्त आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन भएको थियो ।

बडाखोली आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

एमसीसी सम्झौता राष्ट्रकाे हितमा छ : बाबुराम

बडाखोली आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

किर्तेगरेको आरोपमा वडाअध्यक्षसहित कार्यालयका अधिकृत पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!