ब्राण्ड स्टोरी : फूल खेतीले ‘समानता’मा मलजल

पुनम विसी
सुर्खेत, ११ असोज ।
नेपालको अन्तरिम संविधान २०६३ पछि नेपालमा ‘समावेशीता’ शब्द चर्चामा आयो । राज्य सञ्चालनका हरेक पक्ष र निकायमा सबै वर्ग तथा समुदायका मानिसहरुको प्रतिनिधित्व गराउने प्रक्रियाले समावेशी परिचय पायो । योसँगै मूलधार तथा समुदायका हरेक क्रियाकलापमा समेत ‘समानता’ले स्थान पायो । नेपालको संविधान, २०७२ को धारा १८ मा व्यवस्था भएको ‘समानताको हक’ले भेदभाव विरुद्वको हक स्थापित भएको छ ।
यस हकको कार्यान्वयनका लागि ऐन, नियम बनेका छन् । सरकारी तथा गैरसहकारी संघसंस्थानहरु यस हकको व्यवहारमै स्थापनाका लागि विभिन्न कार्यक्रमका साथ अघि बढेका छन् । कर्णाली प्रदेशमा भने कृषि उत्पादन र समानता पक्षलाई संगसंगै लैजान रचनात्मक व्यवहारिक गतिविधि अपनाइएको छ । त्यो हो, समानतालाई व्यवहारत स्थापनाका गर्न सघाउन सुरु गरिएको फूल खेति । वीरेन्द्रनगर–४ मा अहिले यो पूmल खेति सञ्चालनमा छ, यसका रचनाकार हुन्, डा. नवराज केसी ।
डा. केसी, कर्णाली प्रदेशका लागि परिचित नाम हो । स्वास्थ्य सेवा क्षेत्र अलवा डा. केसीको पहिचान सामाजिक क्षेत्रमा अझ बढी छ । समाज रुपान्तरणको क्षेत्रमा उनी आफैले कयौँ अभियानहरु सञ्चालन गरेका छन्, धेरै अभियानमा साथ दिएका छन् । वीरेन्द्रनगर–४ स्थित जग्गामा पूmल खेति सञ्चालनमा छ । यो जग्गा डा. केसीको परिवारको हो । कृषि विषय अध्ययन गरिरहेका एक विद्यार्थी फूल खेतिका लागि खटिएका छन् । बगैचामा बाँकी कामहरु डा. केसीको परिवार आफैले गर्छ ।

‘भगवान फकाउने, मानव बचाउने उत्पादन’ तिहारका समयमा नेपालमा अत्याधिक पूmल खपत हुन्छ । यस समयमा नेपालकै लागि भनेर छिमेकी मुलुक भारतमा समेत यसको खेति गरिदै आईएको छ । नेपालले अन्य मुलुकबाट वार्षिक दुई अर्ब रुपैयाँ भन्दा बढिको पूmल आयात गर्छ । आयातको यो अवस्थालाई मध्यनगर गर्दै डा. केसीले कर्णालीमा पूmल खेतितर्फ रचनात्मक योजनासहित अघि बढेका हुन् । उत्पादनलाई समाजसेवामा जोड्दै उनले बाली समुदायका लागि पूmलखेतिलाई समर्पित गरेका छन् ।
उनको नेतृत्वमा शुरु गरिएको यो पूmलखेतिको आम्दानी वादी समुदायको लागि हो । चार कठ्ठा क्षेत्रफलमा रहेको पूmल खेतिमा एक हजार भन्दा धेरै पूmलका बोट रोपिएका छन् । तिहारका लागि लक्षित भएको हुँदा सयपत्रि फूलका बोटहरु बगैचाभरी छन् । डा. केसीले भने, ‘खासमा यो वादी समुदायलाई सहयोग गर्नका लागि खेति गरिएको हो ।’ डा. केसीको योजना समानतातर्फ उन्मुख छ । उनको योजना अनुसार समुदायका व्यक्तिहरुले नै खेति गर्ने र बिक्रि गर्ने भन्ने थियो । तर समस्यावश खेतिमा वादी समुदायका व्यक्तिहरुको पूर्ण संलग्नता छैन ।
यसको मुख्य कारण समुदायमा प्राविधिक जनशक्तिको अभाव तथा बगैचासम्म समुदायका व्यक्तिहरुको निरन्तर आगमनमा बढ्दो खर्च नै हो । व्यवसायिक दृष्टिकोणमा बगैचासम्म समुदायका व्यक्तिहरु दैनिक आइपुग्ने र बगैचा हेरचाह गरेर फर्कने आर्थिक पाटो व्यवसायिक आय भन्दा धेरै हुन आउँछ । मुख्य लक्ष्य भने फेरिएको छैन, समुदायको सहयोग । तिहारमा यी सयपत्री फूलहरु बिक्रिका लागि पठाइनेछ । यसको आम्दानीले समुदायका नागरिकको आर्थिक, शिक्षा, व्यवसायलगायतका पक्षमा सघाउँ पु¥याउने कार्यक्रम सञ्चालन हुनेछन् ।
फूलखेतिमा आर्कषण
सुर्खेतमा हाल युवा पुस्तामा फुत खेतितर्फको आर्कषण बढेको छ । वीरेन्द्रनगर–६ का पवन पौडेलले भने, ‘यसैवर्षबाट हामीले १३ कठ्ठा क्षेत्रफलमा फूल खेति सुरु गरेका छौँ । तिहारका लागि लक्षित गर्दै सयपत्रि पूmल खेति सुरु गरेका हौँ ।’ वीरेन्द्रनगर–३ स्थित उनको फार्ममा अहिले पाँच हजार भन्दा धेरै सयपत्रिका बोट छन् ।
आठ कठ्ठा क्षेत्रफलमा सयपत्रि खेति छ, बाँकी क्षेत्रमा एभोकाडो, आप, कागती, स्याउ तथा मसलाजन्य विरुवा उत्पादन भईरहेको उनले बताए। सुर्खेतको बजार लक्षित गर्दै वीरेन्द्रनगरमा मात्र करिव पाँच जना युवाहरुले हालको समयमा फूल खेति गरिरहेका छन् ।





