अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति नेपाल आउँदै

काठमाडौं। अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लेन नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी स्थल सेनाले एशिया प्यासिफिक क्षेत्रको पूरै कमाण्ड सम्हाल्ने सैनिक निकाय युएस आर्मी प्यासिफिक हो।

नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। अमेरिकी स्थल सेनाको सबैभन्दा ठूलो सर्भिस कम्पोनेष्ट मानिने युएस आर्मी प्यासिफिक(युएसएआरपीएसी) का सेनापति अर्थात् चारतारे जर्नेल फ्लेन जुलाइको तेस्रो साता नेपाल भ्रमणमा आउने नेपाली सेनाको उच्च स्रोतले जनाएको छ।

जनरल फ्लेन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन्।

अमेरिकी सेना र नेपाली सेनाका बीच विभिन्न तहमा संयुक्त सैनिक अभ्यास हुँदै आएको छ। अमेरिकी सैनिक अधिकारीहरु माउण्टेन वार फेरसम्बन्धी अभ्यासका लागि नेपालको मुस्ताङमा नेपाली सेनासँग संयुक्त अभ्यासमा बढी केन्द्रित छन् भने विपत् व्यवस्थापनसम्बन्धी अभ्यास पनि दुई सैनिक अधिकृतहरु बीच हुँदै आएका छन्।

यसैगरी विभिन्न तहका नेपाली सेनाका अधिकृतहरुले अमेरिकाका विभिन्न सैनिक विश्वविद्यालयहरुमा हरेक बर्ष अध्ययन गर्ने कोटा पाउने गर्दछन्। जर्नेल फ्लेनको स्वागतसंगै नेपाली सेनाका प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी पनि चलिरहेको छ।

अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति नेपाल आउँदै

इरानको अबादानमा १० तले भवन भत्किँदा १९

अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति नेपाल आउँदै

मुगुमा पुगेन पाठ्यपुस्तक, १३ हजार विद्यार्थी रित्तै

Leave a comment

Your email address will not be published. Required fields are marked *