चौथो राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर माबि खेलकुद प्रतियोगिता उद्घाटन

वसन्त कुमार शर्मा
कुमाख (सल्यान), १५ फागुन ।
कुमाख गाउँपालिका सल्यानको आयोजनामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर मा.वि. स्तरिय खेलकुद प्रतियोगिता शनिबार उद्घाटन गरिएको छ ।

“राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’’ भने मुल नाराका साथ नारायण माध्यमिक बिद्यालय कुमाखको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

कुमाख गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिलमाया बुढामगरले खेलाडीहरु देशका गहना हुन जसले अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली र नेपालको नाम उच्च राखेर संधै गर्व गर्न लायक बनाएका छन् । खेलाडी निम्ति संधै गाउँपालिकाले गर्ने सहयोग सकारात्मक भएको र खेलमार्फत कुमाखलाई चिनाउने सपना देख्नुपर्ने बताउनुभयो ।

कुमाख गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि डिल्लीराज जैसिले खेलाडीहरु खेल जीबनलाई सार्थक बनाउन नयाँ–नयाँ तरिका अपनाएर आफुलाई खेलमा अब्बल बनाउँदै अनुशासनपूर्वक खेल खेल्ने खेलाडीको जीबनको यात्रा सफल बने बताउनुभयो ।

त्यस्तै अर्का बिशिस्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय प्रमुख जगत घर्तीले स्वच्छ प्रतिस्पर्धाबाट खेल खेल्दा रास्ट्रको पहिचान आफ्नो प्रगति, उन्नति साथै कला र क्षमता देखाउन सहयोग गर्ने भएकाले नेपाल सरकारले एक लाख र गाउँपालिकाको थप एक लाख गरी जम्मा दुई लाखको लगानीमा यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

सल्यान जिल्ला खेलकुद समितिका अध्यक्ष खडक प्रसाद आचार्यले कुमाख गाउँपालिका खेलाडी उत्पादन गर्ने थलो भएकोले अझै राम्रो खेल प्रर्दशन गर्दै अगाडि बढ्न शुभकामना दिनुभयो । कार्यक्रममा कुमाख गाउँपालिकाका ११ ओटा बिद्यालयका प्रधानाध्यापक, खेलाडी खेल प्रशिक्षक सहभागी भएका थिए ।

कार्यक्रमका सभाध्यक्ष शिक्षा शाखा प्रमुख दिपक कुमार चन्दले शिक्षा सङ्गै खेल पनि विद्यार्थी जिबनको महत्वपूर्ण पाटो रहेको हुँदा शिक्षा सङ्गै खेललाई निरन्तरता दिँदै अगाडि बढ्दा भबिष्य चम्किने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले स्वागत मन्तव्य सङ्गै नारायण मा.बि. का विद्यार्थीहरुको स्वागत गितद्धारा पाहुना खेलाडीहरुलाई स्वागत गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमलाई सभ्य र भब्य सफलतापूर्वक सम्पन्न होस भनि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । कुमाख गाउँपालिका ७ ओटै वडाका वडा अध्यक्षहरु उपस्थित भएर कार्यक्रम सहज र सरल तरिकाले सम्पन्न होस भनि सफलताको शुभकामना दिएका छन् ।

आइतबार बिहान ७ बजेदेखि विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम हुने बताए । कार्यक्रमको सञ्चालन नारायण माध्यमिक बिधालयका प्रधानाध्यापक देबेन्द्र रावतले सञ्चालन गर्नुभएको थियो । सामना सञ्चारका भिम कुमाखीले कार्यक्रमको भिडियो छायांकन ड्रोन क्यामेराबाट खिचेर भरपुर मनोरञ्जन दिनुभएको थियो ।

चौथो राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर माबि खेलकुद प्रतियोगिता उद्घाटन

दशनामी समाजको सुर्खेत अध्यक्षमा तिर्थराज पुरी

चौथो राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर माबि खेलकुद प्रतियोगिता उद्घाटन

काठ नपाउँदा मुर्मा सामुदायिक नमुना होमस्टे अलपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *