एमाले कर्णाली प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आजदेखि

सुर्खेत । नेकपा एमाले कर्णाली स्तरीय अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु हुने भएको छ ।
नेकपा एमाले केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको आयोजनामा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’, सचिव प्रदिप ज्ञवाली आज (शनिबार) सुर्खेत आउदै छन् ।
अभिमुखीकरण कार्यक्रममा करिव २१५ जनाभन्दा बढि नेता तथा कार्यकर्ताको सहभागिता रहने एमाले सुर्खेतले जनाएको छ ।
कार्यक्रम पार्टि सुदृढिकरण र चुनाव लक्षित रणनैतिक योजना तयारमा केन्द्रित रहनेसमेत जनाइएको छ । कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारीह, पालिका तथा जिससका निर्वाचित प्रमुख-उपप्रमुख र पालिका कमिटीका अध्यक्षहरुको सहभागिता रहनेछ ।






