आत्मनिर्भर गौशाला सञ्चालनकाे तयारी 

पुनम वि.सि

सुर्खेत,१० पौष ।

वीरेन्द्रनगरमा सामुदायिक पशु (वेवारिसे रुपमा छाडा छाडिएका गाई–गोरु) को व्यवस्थापनतर्फ यहाँको नगरपालिकाले लागत सहभागितामा गौशाला सञ्चालन गर्ने भएको छ । संस्थागत क्षेत्रसँग समन्वय र सहकार्य गर्दै गौशालालाई व्यवसायिक रुपमा सञ्चालन गर्ने वीरेन्द्रनगर नगरपालिकाले नीति लिएको छ ।

अहिले नगरपालिकाको १० नं. वडामा पर्ने भेरी पुल नजिक प्रशान्ति वृद्धाश्रम धार्मिक वन उपभोक्ता समितिको क्षेत्राधिकार भित्रपर्ने ९ हेक्टर क्षेत्रफलमा गौशालाका लागि पूर्वाधार निर्माण भईसकेको छ । यसका साथै नगरपालिकाले गौशाला सञ्चालनका लागि समूह, सहकारी, कम्पनी वा गैरसरकारी संघसंस्थाका लागि प्रस्ताव पेश गर्न समेत आह्वान गरिसकेको छ ।

गौशाला सञ्चालनमा पालिकालाई आत्मनिर्भर बनाउने समेत नगरको नीति छ । पालिकालाई क्रमशः आर्थिक व्ययभार कम हुदै आत्मनिर्भर कायम हुने प्रकारको सञ्चालन तथा व्यवस्थापकीय प्रबन्ध अवलम्बन गर्ने नगरको नीति रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन सुवेदीले जानकारी दिए ।

संस्थागत क्षेत्रमा धेरै व्यक्तिहरु आवद्ध गराई उनीहरुको लगानी तथा सहभागितामा समुदायको भूमिकालाई प्रभावकारी गराउने व्यवस्था अवलम्बन गर्ने सम्वन्धि सामुदायिक अपनत्व नीति छ । यसका साथै सहकार्य र समन्वय, मितव्ययिता, आत्मनिर्भरता तथा जिम्मेवारी तथा उत्तरदायित्वको नीतिमार्फत सामुदायिक पशु तथा सरसफाइको व्यवस्थान गर्ने नगरपालिकाको योजना छ ।

सामुदायिक पशुको व्यवस्थापन गर्न पालिका उपप्रमुखको संयोजकत्वमा आठ सदस्यीय सामुदायिक पशु व्यवस्थापन समिति गठन गरिने भएको छ । उक्त समितिमा नगरका पशु सेवा शाखा प्रमुख सदस्य सचिव रहनेछन् । यसका साथै आर्थिक विकास समिति संयाोजक, नगर कार्यपालिकाले तोकेको कार्यपालिकाको सदस्य, योजना शाखा प्रमुख, वातावरण विपद व्यवस्थापन शाखा प्रमुख, गौशाला रहेको क्षेत्रको धार्मिक वन उपभोक्ता समिति अध्यक्ष र वाातावरण, सरसफाइ तथा विपद् व्यवस्थापन, संयोजक सदस्य रहने सामुदायिक पशु व्यवस्थापन कार्यविधिमा उल्लेख छ ।

बहुआयामिक उद्देश्यको गौशाला सामुदायिक पशु व्यवस्थापनतर्फ नगरपालिकाले गौशाला सञ्चालनतर्फ साझेदारी एवम् सहकार्य गर्नेछ । सञ्चालनको जिम्मा पाएको संस्थाले गौशालालाई व्यवसायिक एवम् आत्मनिर्भर बनाउनुपर्ने हुन्छ । यसका लागि सूचना प्रविधिमा आधारित प्रणालीमा गाई गोरुहरुको पहिचात सहितको अभिलेख राखी संरक्षण र व्यवस्थापन गरिनेछ ।

उक्त संस्थागत क्षेत्रले सञ्चालन गरेको व्यवसायिक कार्यहरुमा पालिकाले समेत शेयर लगानी गर्न सक्ने योजना छ । पशुको मलमूत्र तथा शहरी क्षेत्रको कुहिने फोहोरको प्रशोधनमार्फत जैविक मल तथा बायोग्याँस उत्पादन र बिक्रि वितरण गरी गौशालालाई आत्मनिर्भर बनाउने नगरको उद्देश्य छ । यसका साथै गौशालामा धार्मिक प्रर्वद्धनका क्रियाकलाप तथा अभियान समेत सञ्चालन हुनेछन् ।

वडास्तरीय अभिलेख नगरपालिकाले पालिका भित्रको सामुदायिक पशु सम्बन्धि विवरणको अभिलेख पालिका र वडास्तरमा राख्ने तयारी गरेको छ । यसका लागि सफ्टवेयर तथा मोबाइल एप्लीकेशनहरु समेत प्रयोग गरिनेछ । यसरी राखिने अभिलेखमा पशु मालिकको विवरण तथा ठेगाना अनुसार प्रत्येक पशुमा ट्याग नम्बरको विवरण हुनेछ ।

अभिलेख राख्ने विषयमा भने वडा समितिलाई मुख्य भूमिकामा राखिएको छ । यसका साथै अभिलेख दर्ता गर्ने पशुधनीलाई नगरले अन्य प्रकारका प्रोत्साहन कार्यक्रममा समेत समावेश गराउने योजना छ । धार्मिक पर्यटनको गन्तव्य गौशालालाई धार्मिक पर्यटनका रुपमा समेत विकास गर्ने नगरपालिकाको योजना छ ।

धार्मिक पर्यटनतर्फ गौशालालाई विकास गर्दै नागरिकबाट स्वेच्छिक रुपमा दान तथा दातव्य स्वीकार गर्ने नगरको योजना छ । यसका लागि गौशाला सञ्चालनको जिम्मा पाएको संस्थाले धार्मिक यज्ञ वा अनुष्ठान जस्ता कार्यक्रम समेत सञ्चालन गर्न पाउने छन ।

पशु छाडा छाड्नेलाई जरिवाना

वीरेन्द्रनगर नगरपालिकाले पशुलाई छाडा छाडेको पाएमा जरिवाना समेत गर्ने भएको छ । यसका लागि टोल विकास संस्था, गौशाला व्यवस्थापनको जिम्मा पाएको संस्था तथा वडा कार्यालयलगायतलाई जिम्मेवारी दिने वीरेन्द्रनगर नगरपालिकाको योजना छ । जरिवाना असुल भएको रकममध्ये ४० प्रतिशत रकम जरिवाना असुल गर्ने संस्थाको कोषमा जम्मा हुनेछ भने बाँकी ६० प्रतिशत रकम नगरपालिकाको राजश्व खातामा जम्मा गरिने छ ।

यसका साथै गौशालामा रहेका सामुदायिक पशुको नश्ल सुधार गरी समुदायमा विक्रिवितरण समेत गरिने सामुदायिक पशु व्यवस्थापन कार्यविधिमा उल्लेख छ । यसका अलवा पशु धनिको गाई गोरुहरुलाई निश्चित शुल्क लिई गौशाला सञ्चालक संस्थाले आवासिय सुविधा समेत प्रदान गर्नेछ । पशुधनीहरुले सेवा शुल्क तिरेपछि आफ्ना पशुलाई गौशालाको जिम्मासमेत लगाउन सक्नेछन् ।

अन्य पालिका तथा किसानहरुले वीरेन्द्रनगर क्षेत्रमा छाडा पशु पठाएमा वा यहाँ छाडेमा भने नगरपालिकाले व्यवस्थापन तथा कारवाहीको मागसहित जिल्ला समन्वय समिति र प्रदेश सरकार समक्ष सम्म पुग्ने योजना बनाएको छ ।

आत्मनिर्भर गौशाला सञ्चालनकाे तयारी 

सल्यानमा बस दुर्घटना हुँदा चालक र सहचालक

आत्मनिर्भर गौशाला सञ्चालनकाे तयारी 

भेरी कोरिडोरमा आज देखि तीन हप्ता यातायात

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!